ओली सरकारमाथि वैद्यको पार्टीका ५ आरोप « Khabarhub

ओली सरकारमाथि वैद्यको पार्टीका ५ आरोप


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादीबाट फुटेर बनेको मोहन वैद्य नेतृत्वको ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी’ले केपी ओली नेतृत्वको सरकारमाथि विभिन्न पाँचवटा आरोप लगाएको छ ।

ओली नेतृत्वको सरकारले सरकारी स्वामित्वजका उद्योगहरुलाई निजीकरण गर्ने निर्णय गरेको, शिक्षकहरुलाई धोका दिएको र देशमा भ्रष्टाचारको नयाँ कीर्तिमान कायम गरेको सो पार्टीको आरोप छ ।

महासचिव मोहन वैद्य विरामी भएका कारण कार्यबाहक महासचिव सीपी गजुरेल (गौरब) को अध्यक्षतामा दुई दिनसम्म चलेको पोलिटब्यूरो बैठकले ओली सरकारलाई यथास्थितिवादी र भ्रष्ट सरकारको संज्ञा दिएको छ ।

साथै सरकारले विदेश नीतिका सन्दर्भमा पनि पञ्चशीलको सिद्धान्तपिरीत नीति लिएर छिमेकीलाई चिढ्याएको कार्यबाहक महसचिव गौरबद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

ओली सरकारले गरेका पाँचवटा गलत कामहरुबारे पोलिटब्यूरो बैठकको निष्कर्ष यस्तो छ–

१. सरकारी स्वामित्वका उद्योगहरु, खास गरेर हेटौंडा र उदयपुर सिमेन्ट उद्योग, भृकुटी कागज कारखाना, बुटवल धागो कारखाना, गोरखकाली रवर उद्योग, विराटनगरको जुटमिल, हेटौंडा कपडा उद्योग, नेपाल मेटल उद्योग तथा नेपाल औषधि लिमिटेडलाई निजीकरण गर्ने निर्णय गरेको ।

२. शिक्षकको आन्दोलनमाथि धोका दिँदै माग पूरा नगरेको ।

३. विद्युत प्राधिकरणलाई पनि टाट पल्टाएर निजीकरणका लागि आधार तयार पार्ने योजना मुताविक कुलमान घिसिङलाई पदच्यूत गरेको ।

४. देशमा भ्रष्टाचारको एकपछि अर्को किर्तिमान कायम गर्दै देशलाई असफल राष्ट्र बनाउनेतर्फ धकेलेको । महंगी, भ्रष्टाचार, घुसखोरी, अनियमितता र कुशासनलाई प्रोत्साहित गरेको ।

५. असंलग्न तथा पञ्चशीलको सिद्धान्त विपरीत इजरायल–प्यालेस्टाइन, रुस–युक्रेन (अन्तर्यमा नेटो) र हालै भारत–पाकिस्तान युद्धको सन्दर्भमा क्रमशः इजरायल, युक्रेन र भारतको खुलारुपले समर्थन गरेर मित्रराष्ट्रहरुलाई चिढ्याउने काम गरेको ।

सीपी गजुरेल

यतिबेला देशमा तीन प्रकारका राजनीतिक शक्तिबीच टक्कर परिरहेको बैठकले निष्कर्ष निकालेको गजुरेलले बताएका छन् ।

ओली सरकारले थालेको निजीकरणको योजनालाई ‘प्रचण्ड नेतृत्वको सरकारकै निरन्तरता’ का रुपमा लिइएको गजुरेलको विज्ञप्तिमा उल्लेख छ ।

कार्यबाहक महासचिव गजुरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, देशमा अग्रगामी धार, संसदवादी पार्टीहरुको यथास्थितिवादी धार र राजतन्त्र तथा हिन्दुराज्यका पक्षधरहरुको पश्चगामी धारका बीच विचारधारात्मक तथा राजनीतिक टक्कर चल्दै आएको छ।’

त्यसैगरी, हिन्दुवादी राजावादी शक्तिप्रति लक्षित गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ, ‘देशमा यतिबेला भारतीय हिन्दुवादीहरुको उक्साहटसहितका कारण पश्चगामी धार क्रियाशील हुँदै आएको छ । यथास्थितिवादीहरुको राष्ट्रघाती तथा जनविरोधी गतिविधि र कुशासनले प्रतिगमनका लागि मलजल गरिरहेको छ ।’

यी सबै समस्याको विकल्पमा जनगणतन्त्रको स्थापना हुनुपर्ने गजुरेलले बताएका छन् ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ९ : १६ बजे

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई

अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८२ को आमनिर्वाचनको परिणामले

अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ?

काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार