दाङमा फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन « Khabarhub

दाङमा फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

घोराही– देशभर फोहोर व्यवस्थापनको चुनौती बढिरहेको बेला दाङको राप्ती गाउँपालिकाले फोहोरबाट टायल उत्पादन सुरु गरेको छ । फोहोरलाई मोहर बनाउने गाउँपालिकाको नीतिअनुसार स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा टायल उत्पादन सुरु भएको हो । 

राप्ती गाउँपालिका–२ पुन्यपुरमा प्लास्टिकजन्य फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन सुरु गरिएको छ । फोहोरलाई मोहर बनाउने गाउँपालिकाको नीतिअनुरूप स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा फोहोरबाट टायल, इन्टरलक, इँटालगायत सामग्री उत्पादन गर्न थालिएको हो । 

राप्ती गाउँपालिका र इको फ्यामिली प्राइभेट लिमिटेड हेटौँडाको सहकार्यमा फोहोरलाई व्यवस्थापन गरेर नगल्ने फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन गर्न थालिएको इको फ्यामिली प्रालिका सुपरभाइजर लालबहादुर चौधरीले बताए । 

सुपरभाइजर चौधरीका अनुसार फोहोरका रूपमा फालिने चाउचाउ, बिस्कुट, भोला, गुट्कालगायत प्लास्टिकबाट टायल, इन्टरलक, टाँक उत्पादन गर्ने योजना भए पनि पहिलो चरणमा टायल उत्पादन गरिएको छ ।

उत्पादित टायलको मूल्य ३५ रुपैयाँ तोकिएको छ । यद्यपि गाउँपालिका भित्रका नागरिकलाई २० प्रतिशत छुटमा दिने व्यवस्था गरिएको गाउँपाकिलाले जनाएको छ । 

लुम्बिनी प्रदेशको राजधानीसमेत रहेको राप्ती गाउँपालिकामा फोहोर व्यवस्थापनको चुनौती बढ्दै गएपछि गाउँपालिकाले नीति नै बनाएर दीर्घकालीन योजना बनाएको गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीको भनाइ छ । 

विक्रम संवत् २०७९ भदौमा भएको सम्झौताबमोजिम गाउँपालिकाले फोहोर सङ्कलन गरेर स्रोत केन्द्रसम्म पुर्‍याइदिने र बाँकी फोहोर वर्गीकरणदेखि प्लास्टिक सामग्री र जैविक मल उत्पादनको काम उक्त कम्पनीले गरिरहेको छ । 

स्वच्छ र हरित पालिका निर्माण गर्ने अभियानअन्तर्गत फोहोरबाट प्लास्टिक सामग्री उत्पादनका लागि गाउँपालिकाले दुई करोड २० लाख रुपैयाँ बढी लगानी गरिसकेको उपाध्यक्ष चौधरीले बताइन् ।
 
उक्त रकमबाट जग्गा तारबार तथा स्रोत केन्द्रका लागि दुई वटा घर निर्माण गरिएको छ । कम्पनीले यहाँ प्रयोग नहुने फोहोरलाई कबाडमा बिक्री गर्ने र त्यसबाट गाउँपालिकाले निकासी कर लिने गरी सहमति भएको छ । नौ वटा वडा रहेको राप्ती गाउँपालिकाबाट दैनिक आठ ट्र्याक्टर फोहोर सङ्कलन हुँदै आएको छ । 

फोहोर सङ्कलनदेखि वर्गीकरणसम्मको काम गर्न १८ जनाले रोजगारी पाएका छन् । जसमा आठ जना कम्पनीका तर्फबाट राखिएको छ भने १० जना गाउँपालिकाका तर्फबाट राखिएको छ । –रासस

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  १२ : ४६ बजे

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न