रक्त क्यान्सरको ‘भेरियन्ट’ पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण अब नेपालमै « Khabarhub

रक्त क्यान्सरको ‘भेरियन्ट’ पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण अब नेपालमै


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरको ‘भेरियन्ट’ (प्रकार) पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण सुरुआत भएको छ । यसका लागि अस्पतालले उपकरण जडान गरी  चिकित्सक, प्राविधिकलाई आवश्यक तालिमसमेत दिएको छ । 

अस्पतालको प्रयोगशाला विभाग प्रमुख डा ग्रेता पाण्डेले ‘फ्लोसाइटोमेट्री’सेवा थालनी गरेर ९० जनाभन्दा बढीको परीक्षण पनि गरिएको जानकारी दिए । 

विगतमा यो परीक्षणका लागि महँगो शुल्क तिरेर भारत पठाउनुपर्ने बाध्यता थियो । अस्पतालले यो सेवा सुरु गरेसँगै रु १२ हजारमा नै यो परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ । 

बाहिर पठाउँदा ठाउँअनुसार धेरै रकम तिर्नुपर्ने हुन्थ्यो । नेपालमा बर्सेनि कति जनालाई रक्त क्यान्सर हुन्छ भन्ने यकिन तथ्याङ्क कुनै निकायसँग छैन ।  

रक्त क्यान्सर भएका बिरामीको हड्डीभित्रबाट मासी निकालेर गरिने एक प्रकारको उच्चस्तरको परीक्षण हो । प्रमुख डा पाण्डेले भने, ‘रक्त क्यान्सरको टाइप पत्ता लगाउन गरिने परीक्षण हो । ढाडबाट मासी निकालेर परीक्षण गरिन्छ ।’
 
एक जना डाक्टर र एक जना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पताल तालिमका लागि पठाइएकामा उनीहरू तालिम लिएर आएसँगै यहाँ परीक्षण सुरु गरिएको जनाइएको छ । 

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले क्यान्सर उपचारलाई थप प्रभावकारी बनाउन मेसिन उपकरण जडान गरेर  र जनशक्तिलाई तालिम प्रदान गरेर सेवा थप गर्दै लगिएको बताए । यही परीक्षण हुने भएसँगै बिरामीहरू प्रत्यक्ष लाभान्वित भएका छन् । 

पछिल्लो समय क्यान्सर अस्पतालले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन उपकरण थप गर्ने र जनशक्तिलाई तालिम दिने कार्यलाई तीव्रता दिँदै आएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  १२ : ३८ बजे

फेवा नव वर्ष महोत्सवको तयारी तीव्र

काठमाडौं– हरेक नयाँ वर्षका अवसरमा पोखरामा आयोजना हुने फेवा नव

मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी

काठमाडौं– सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डिपिआर) टोली र रक्षा

क्यान्सर रोग विशेषज्ञ डा.प्रकाशराज न्यौपानेको निधन

काठमाडौं– वरिष्ठ तथा अनुभवी क्यान्सर रोग विशेषज्ञ (सर्जिकल अन्कोलोजिस्ट) डा.प्रकाशराज

रास्वपा उपसभापति अर्यालले दर्ता गराए सभामुखमा उम्मेदवारी

काठमाडौं– प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति

डीपी सभामुख बन्दा रास्वपाले कसलाई देला उपसभामुख ? यी दलसँग भइरहेछ संवाद

काठमाडौं– यही चैत २२ गते सभामुख र उपसभामुखको निर्वाचन हुँदैछ।