सङ्खुवासभाका ८० प्रतिशत घरधुरीमा विद्युत् पुग्यो | Khabarhub Khabarhub

सङ्खुवासभाका ८० प्रतिशत घरधुरीमा विद्युत् पुग्यो


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– हिमाली जिल्ला सङ्खुवासभाको ८० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको छ । आज खाँदबारीमा आयोजना गरिएको सरोकारवालासँगको छलफल कार्यक्रममा विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरका प्रमुख राजिव सिंहले बाँकी २० प्रतिशत घरधुरीमा पनि छिट्टै विद्युत् पुर्‍याउने तयारी भइरहेको जानकारी दिए ।

यसैबीच विद्युत् प्राधिकरण सङ्खुवासभाले महसुल नतिर्ने ५४२ उपभोक्ताबाट ५९ लाख रुपैयाँ बक्यौता असुल गरेको जनाएको छ । सदरमुकाम खाँदबारी आसपास र चैनपुर बजार क्षेत्रमा महसुल नतिर्ने उपभोक्ताको विद्युत् काट्ने अभियान सञ्चालन गरेपछि १० महिनाको अवधिमा उक्त रकम सङ्कलन गर्न सफल भएको खाँदबारी वितरण केन्द्रका प्रमुख सत्रुधन यादवले बताए । 

त्यस्तै कालोसूचीमा परेका ग्राहकबाट थप रु छ लाख उठाइएको यादवले जानकारी दिनुभयो । प्राधिकरणका अनुसार सङ्खुवासभामा हाल २८ हजार ७३२ भन्दा बढी विद्युत् उपभोक्ता छन् । अघिल्लो आर्थिक वर्षमा महसुलबापत २४ करोड १९ लाख रुपैयाँ सङ्कलन गरिएको प्राधिकरणले जनाएको छ । –रासस

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  १२ : ५१ बजे

अन्तर्राष्ट्रिय पर्यटन दिवस : ढुक्क छैनन् ठमेलका व्यवसायी (तस्बिरहरू)

काठमाडौं– नेपालकै प्रमुख पर्यटन क्षेत्र ठमेल हरेक वर्ष यो सिजनमा

काभ्रेमा तीन हजारलाई अस्थायी आवास अनुदान

काभ्रे– २०८१ साल असोजको विपदमा आवाससमेत गुमाएका जिल्लाका पीडितहरूको अस्थायी

आज आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजाआराधना गरिँदै

काठमाडौं– आज आश्विन शुक्ल पञ्चमी । दिनका हिसाबले आज छैटौँ

चितवनको चुम्लिङटारमा ट्रक दुर्घटना, एकजना घाइते

चितवन– पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा ट्रक दुर्घटना

सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ लाभान्वित

खोटाङ– खोटाङको साकेला गाउँपालिकाले दशैँ, तिहार, नेपाल सम्वत् तथा छठपर्वको