भेरी–१ जलविद्युत आयोजनाबाट एक सय २४ घरधुरी प्रभावित हुने « Khabarhub

भेरी–१ जलविद्युत आयोजनाबाट एक सय २४ घरधुरी प्रभावित हुने


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– गेजुबा ग्रुप पावर इन्भेष्टमेन्ट नेपाल प्रालिले निर्माण गर्न लागेको दुई सय ७० मेगावाट भेरी–१ अर्धजलाशययुक्त आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन (एआईए) प्रतिवेदन सार्वजनिक भएको छ । वन तथा वातावरण मन्त्रालयले एआईए सार्वजनिक गरेको हो ।  

कर्णाली प्रदेशको जाजरकोट जिल्लाको नलगाढ नगरपालिका वडा नं. १०,११,१२,१३ तथा रुकुम (पश्चिम) जिल्लाको आठबिसकोट नगरपालिकाको वडा नं. ४,५,६ भएर बग्ने भेरी नदीको पानी प्रयोग गरी दुई सय ७० मेगावाट विद्युत् उत्पादन गर्ने र सोही पानी भेरी नदीमा छाडिने लक्ष्य भएको पिकिंग रन अफ रिभर आधारित भेरी–१ अर्धजलाशययुक्त जलविद्युत आयोजना प्रस्ताव गरिएको छ । 

आयोजनामा स्थायी तथा अस्थायी गरी कूल २४.०७५ हेक्टर राष्ट्रिय वन चाहिने र जाजरकोट जिल्लाको २०.५२३ हेक्टर र  रुकुम पश्चिम जिल्लाको ३.५५२ हेक्टर जमिन आवश्यकता रहेको छ । 

जसमा जाजरकोट जिल्लाको राष्ट्रिय बनबाट एक दुई सय दुई वटा रुख र रुकुम पश्चिम जिल्लाको राष्ट्रिय बनबाट ५० वटा गरेर जम्मा दुई सय ५२ रुख कटान हुनेछन् । 

आयोजनाबाट एक सय २४ घरधुरी प्रभावित हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । 

त्यस्तै, आयोजना बनाउनका आयोजनाको लागत करिब ७१ अर्ब ९७ करोड रुपैयाँ अनुमान गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  १ : ०० बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल