प्रतिनिधिसभाको बैठक स्थगित | Khabarhub Khabarhub

प्रतिनिधिसभाको बैठक स्थगित


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दलहरू गृहमन्त्री रमेश लेखकको राजीनामाबाट पछि नहटेपछि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । संसद् सचिवालयले दोस्रोपल्ट सूचना टाँस गरेर संसद् बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित गरेको हो ।

सभामुख देवराज घिमिरेको सचिवालयले मंगलबारको बैठक सूचना टाँस गरेर बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जनाएको छ । यसअघि सभामुख घिमिरेले बैठक सञ्चालनका लागि सहमति जुटाउन दलहरूसँग छलफल गरेका थिए ।

छलफलमा प्रतिपक्षी दलहरूले संसद् बैठकमा राखेको मागबाट पछि नहट्ने अडान यथावत राखेका थिए । उनीहरूले बिहान बसेको बैठकमा भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने माग गरेका थिए ।

उक्त माग राखेर प्रतिपक्षीहरूले संसद्मा नाराबाजी गरेपछि सभामुख घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । निर्धारित आधा घण्टामा बैठक बस्ने वातावरण नबनेपछि संसद् सचिवालयले सूचना टाँस गरेर दिउँसो २ः३० बजेसम्मका लागि बैठक सारेको थियो ।

पहिलो पटक सूचना टाँस गरेर तोकिएकाे समयमा पनि बैठक बस्न नसकेपछि सभामुख घिमिरेले कार्यकक्षमा सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । उक्त छलफल निष्कर्षविहीन भएपछि दोस्रो पटक सूचना टाँस गरेर बैठक बुधबार बस्ने गरी स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ४ : ०३ बजे

खोकना बासीले मनाए सिकाली जात्रा (तस्बिरहरू)

काठमाडौं– उपत्यका लगायत देशैभर वडादशै मनाइरहेको अवस्थामा ललितपुरस्थित खोकनामा भने

ड्रोनबाट यस्तो देखियो सत्तीघाट पुल (तस्बिरहरू)

कर्णाली– कर्णाली नदीमा बनेको सत्तीघाट पुलले कैलालीको टीकापुर र बर्दियाको

कथा : दुर्गा पूजा 

आज प्रतिपदा तिथि रहेछ । बेलुकी मात्र क्यालेण्डरमा आँखा ठोक्किन

स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, अर्का एक गम्भीर

बरहथवा– सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको