हङकङमा दर्शकले रुँदै हेरे ‘अन्जिला’ « Khabarhub

हङकङमा दर्शकले रुँदै हेरे ‘अन्जिला’


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

हङकङ– दोस्रो पटक पनि नेपाली बायोपिक चलचित्र ‘अन्जिला’ प्रदर्शन भएको छ ।  याउमा तेईस्थित हेनरी जी. ल्योङ कम्युनिटी सेन्टरमा प्रदर्शन गरिएको उक्त चलचित्र नेपाली राष्ट्रिय महिला फुटबल टिमकी क्याप्टेन अन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ ।

पाथिभरा ग्रुप र अन्जिला घर निर्माण परिवार हङकङले ‘अन्जिला घर निर्माण अभियान’ सहयोगार्थ दोस्रो पटक प्रदर्शन गरेको सो  चलचित्र हेर्न करिब साढे पाँच सय दर्शक हल पुगेका थिए । यस चलचित्र हेर्दै गर्दा अधिकांश दर्शकहरू रोएका थिए ।

यस चलचित्र प्रदर्शन हलमा याउचि मङ जिल्ला पार्षद् अरुणा गुरुङको प्रमुख आतिथ्यतामा छोटो औपचारिक कार्यक्रम पनि गरिएको थियो । 

पाथिभरा ग्रुपका अध्यक्ष युवक लिम्बु र अन्जिला घर निर्माण आर्थिक समितिका अध्यक्ष रविन नाल्बोले अध्यक्षता गरेका कार्यक्रममा खोटाङ समाजका अध्यक्ष पेङ्गुइन पुमा, किरात याक्थुम चुम्लुङका अध्यक्ष सम्शेर तुम्बाहाम्फे, जिफाहकी माया गुरुङ, हाक्पारे पालम सयङका त्रिभुवन लुम्फुङवा, याक्थुङ आर्टिस्ट सोसाइटीका मौसम लिम्बु (फुलन्देको बाउ ) हङकङ साहित्यिक साझा श्रृङ्खलाका रमन गुरुङ, सञ्चारकर्मी हाङ चेम्जोङलगायतका व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा छोटो मन्तव्य राख्दै आयोजक संस्थाका प्रमुखहरूले ‘अन्जिला घर निर्माण अभियान’लाई आर्थिक रुपले सघाउनको निमित्त यो चलचित्र दोस्रो पटक पनि प्रदर्शन गरिएको बताउँदै सबै दर्शकहरूप्रति कृतज्ञता व्यक्त गरे । 

त्यस्तै प्रमुख अतिथि अरुणा गुरुङले ‘महान् उद्देश्यका साथ प्रदर्शन गरिएको ‘अन्जिला’ चलचित्र हेर्नु भनेको नेपाली भाषा, सन्स्कार-संस्कृतिका साथै आफ्नो मात्रभूमि नेपाललाई माया गर्नु पनि हो।’ भन्दै परियोजना सफलताको निम्ति शुभकामना व्यक्त गरिन्।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ४ : ४१ बजे

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

रामेछाप- रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा १२ जनाको

गृहमन्त्री अर्यालले गरे निर्वाचनको तयारीबारे छलफल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्याल निर्वाचन आयोग गएर निर्वाचन सुरक्षा, निर्वाचनको

दिल्लीको सन्देश : नेपालमा लोकतान्त्रिक र संवैधानिक स्थिरता भारतका लागि महत्त्वपूर्ण

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन

संकटमा परेका राजपाल यादवलाई सोनू सूदको सहयोग

काठमाडौं– बलिउडका हास्य कलाकार राजपाल यादव हाल चेक बाउन्स मुद्दाका