हङकङमा दर्शकले रुँदै हेरे 'अन्जिला' | Khabarhub Khabarhub

हङकङमा दर्शकले रुँदै हेरे ‘अन्जिला’


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

हङकङ– दोस्रो पटक पनि नेपाली बायोपिक चलचित्र ‘अन्जिला’ प्रदर्शन भएको छ ।  याउमा तेईस्थित हेनरी जी. ल्योङ कम्युनिटी सेन्टरमा प्रदर्शन गरिएको उक्त चलचित्र नेपाली राष्ट्रिय महिला फुटबल टिमकी क्याप्टेन अन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ ।

पाथिभरा ग्रुप र अन्जिला घर निर्माण परिवार हङकङले ‘अन्जिला घर निर्माण अभियान’ सहयोगार्थ दोस्रो पटक प्रदर्शन गरेको सो  चलचित्र हेर्न करिब साढे पाँच सय दर्शक हल पुगेका थिए । यस चलचित्र हेर्दै गर्दा अधिकांश दर्शकहरू रोएका थिए ।

यस चलचित्र प्रदर्शन हलमा याउचि मङ जिल्ला पार्षद् अरुणा गुरुङको प्रमुख आतिथ्यतामा छोटो औपचारिक कार्यक्रम पनि गरिएको थियो । 

पाथिभरा ग्रुपका अध्यक्ष युवक लिम्बु र अन्जिला घर निर्माण आर्थिक समितिका अध्यक्ष रविन नाल्बोले अध्यक्षता गरेका कार्यक्रममा खोटाङ समाजका अध्यक्ष पेङ्गुइन पुमा, किरात याक्थुम चुम्लुङका अध्यक्ष सम्शेर तुम्बाहाम्फे, जिफाहकी माया गुरुङ, हाक्पारे पालम सयङका त्रिभुवन लुम्फुङवा, याक्थुङ आर्टिस्ट सोसाइटीका मौसम लिम्बु (फुलन्देको बाउ ) हङकङ साहित्यिक साझा श्रृङ्खलाका रमन गुरुङ, सञ्चारकर्मी हाङ चेम्जोङलगायतका व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा छोटो मन्तव्य राख्दै आयोजक संस्थाका प्रमुखहरूले ‘अन्जिला घर निर्माण अभियान’लाई आर्थिक रुपले सघाउनको निमित्त यो चलचित्र दोस्रो पटक पनि प्रदर्शन गरिएको बताउँदै सबै दर्शकहरूप्रति कृतज्ञता व्यक्त गरे । 

त्यस्तै प्रमुख अतिथि अरुणा गुरुङले ‘महान् उद्देश्यका साथ प्रदर्शन गरिएको ‘अन्जिला’ चलचित्र हेर्नु भनेको नेपाली भाषा, सन्स्कार-संस्कृतिका साथै आफ्नो मात्रभूमि नेपाललाई माया गर्नु पनि हो।’ भन्दै परियोजना सफलताको निम्ति शुभकामना व्यक्त गरिन्।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ४ : ४१ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा