भिजिट भिसा प्रकरणबारे बोल्दै मिनेन्द्र रिजालले भने –राजीनामा माग्ने आपराधिक प्रवृत्ति हाबी भयो | Khabarhub Khabarhub

भिजिट भिसा प्रकरणबारे बोल्दै मिनेन्द्र रिजालले भने –राजीनामा माग्ने आपराधिक प्रवृत्ति हाबी भयो


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मात्र समस्याको समाधान नभएको पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले बताएका छन् । उनले भिजिट भिसाको गोलमाल कहाँदेखि भएको हो त्यसको मूल जरा खोज्नुपर्ने बताएका छन् ।

मङ्गलबार नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा ‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु सङ्कटमा प्रेसको भूमिका’ विषय गोष्ठीमा बोल्दै पूर्वमन्त्री रिजालले मूल विषयमा बहस नभएर राजीनामा माग्ने अपराधिक प्रवृत्ति हाबी भएको टिप्पणी गरे ।

‘यो एउटा मात्र घटना होइन, पहिलेदेखि नै यस्तै अभ्यास भएको पाइएको छ । राजीनामा माग्नु भनेको नारा लगाउने काम हो । हाम्रो शासनमा समस्या छ’, पूर्वमन्त्री रिजालले भने, ‘जुनसुकै पार्टीको होस्, भिजिट भिसामा गोलमाल छ, गोलमाल कहाँबाट भएको छ ? कसले गरिरहेको छ ?’

मुख्य विषय प्राथमिकतामा नपर्ने भन्दै पूर्वमन्त्री रिजाले गृहमन्त्रीको प्रतिरक्षा गर्न नखोजेको स्पष्ट पारे ।

‘कस्तो अपराधिक वातावरण बनिसकेको छ भने राजीनामा दिएपछि बाँकी प्रक्रिया चलिराखे पनि भयो,’ रिजालले भने ।

अहिले गृहमन्त्रीको पक्ष र विपक्षमा तर्कहरू आइरहेको भन्दै पूर्वमन्त्री रिजालले राजीनामा नआए संसद् चल्न नदिने भन्ने विषय आइरहेको बताए । उनले सत्यतथ्यको टुङ्गोमा पुर्‍याउने काममा सञ्चार माध्यमको समेत भूमिका रहेको बताए ।

सामाजिक सञ्जालको व्यवस्थापन आवश्यक

पूर्व सञ्चारमन्त्री रिजालले नेपालमा सामाजिक सञ्जालको व्यवस्थापन आवश्यक रहेको बताएका छन् ।

८० प्रतिशत अमेरिकीले सामाजिक सञ्जालको सूचनालाई आधार मान्ने गरेको तथ्य उल्लेख गर्दै भने, ‘नेपालमा पनि अवस्था त्यही हो । अहिले खबरको मूल स्रोत सञ्जाल हो । त्यसकारण यसको व्यवस्थापन निकै जरुरी छ ।’

रिजालले मिडियाले लेखेको लिगेसी भन्दा सञ्जालको सूचना महत्वपूर्ण भएको उल्लेख गरे ।

जलवायु सङ्कटबाट बच्न चेतनाको विकास आवश्यक

पूर्वमन्त्री रिजालले जलवायु परिवर्तनको सबै भन्दा बढी क्षति बेहोर्ने मुलुकमध्ये नेपाल रहेको बताए ।
उनले जलवायु परिवर्तनको क्षेत्रमा नागरिकको चेतनास्तर बढाउने काम गर्नुपर्ने बताए ।

‘नेपाल प्रेस युनियनले लोमान्थाङ पुगेर समिट गर्‍यो । यसरी सबै क्षेत्र निकायलाई क्रियाशील बनाउन सकियो भने नतिजाउन्मुख काम गर्न सकिन्छ,’ पूर्वमन्त्री रिजालले भने, ‘आन्तरिक विषयमा हामी आफैँले प्रतिबद्ध भएर काम गर्नुपर्छ ।’

१५ वर्षअघि कोपमा जानुभन्दा पहिले प्रधानमन्त्रीसहित मन्त्रीहरू सगरमाथाको बेसक्यापस्थित कालापानीमा बैठक गरेर गएको उनले स्मरण गरे ।

‘हामी आफैँले आफ्नो कामको समीक्षा गर्ने बेला भएको छ, काठमाडौं सबैभन्दा प्रदूषित शहरको एक नम्बरमा पर्‍यो । जङ्गलमा आगलागी धेरै भयो । यसपटक मनसुनमा धेरै पानी पर्ने भनिएको छ । यसको तयारीको लागि जुट्नुपर्छ ।’ रिजालले भने ।

उनले हिमालमा गएर कार्यक्रम गरेर मात्रै जलवायु परिवर्तनको सङ्कटबाट जोगिन नसकिने बताए । जलवायु सङ्कटबाट बच्नका लागि चेतनाको विकास गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ४ : ५१ बजे

एमाले र राजावादीको प्रदर्शन केन्द्रित काठमाडौंको सुरक्षा व्यवस्था (तस्बिरहरू)

काठमाडौं– नेकपा एमाले र राजावादीको प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि काठमाडौंको

गणतन्त्र दिवस र केपी ओलीको नेतृत्व

आज गणतन्त्र दिवस अर्थात् जनताले जितेको दिन। देशभरका सडकमा गणतन्त्रको

मन्त्रिपरिषद बैठक बस्दै, बजेट स्वीकृत गर्ने

काठमाडौं– मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक दिउँसो पौने २

अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा प्रभातफेरी (तस्बिरहरू)

काठमाडौं– आज ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस धुमधामका साथ मनाइँदै छ

सिलिङ नाघेर बजेट ल्याउन कस्सिए अर्थमन्त्री, तर हालकै बजेट अलपत्र

काठमाडौँ – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज दिउँसो