ड्रोनबाट यस्तो देखियो सत्तीघाट पुल (तस्बिरहरू) « Khabarhub

ड्रोनबाट यस्तो देखियो सत्तीघाट पुल (तस्बिरहरू)


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली नदीमा बनेको सत्तीघाट पुलले कैलालीको टीकापुर र बर्दियाको राजापुरलाई जोड्ने गर्दछ ।

हुलाकी राजमार्गमा पर्ने यो पुलको लम्बाइ ५ सय ३१ मिटर रहेको छ । सत्तीघाट पुलमा १४ पिलर छन् ।

झण्डै एक दशकअघि ४६ करोड रुपैयाँमा पुल निर्माण भएपछि कैलाली र बर्दियाका दक्षिणी भेगका लाखौँ नागरिकको आवागमनमा सहजता आएको छ । तर पछिल्ला केही वर्षयता नदीले पूर्वी क्षेत्रमा तीब्र कटान गर्न थालेपछि पुल जोखिममा परेको छ । कटान कम गर्न ठूला ढुंगाबाट तटबन्ध गरिए पनि जोखिम हट्न सकेको छैन ।

स्थानीयका अनुसार पुल निर्माण भएको एक वर्षपछि नै तारजाली भासिन सुरु भएको थियो । पुल निर्माणका क्रममा बनाएको डाइभर्सनसँगै नदीले धार परिवर्तन गर्न थालेको जानकारहरू बताउँछन् ।

स्थानीले पुलको संरक्षणका लागि उत्तरतर्फ नदीको बीचमा रहेका बालुवाका साना टापु सफा गर्नु पर्ने बताउँदै आएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ११ : ५० बजे

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य