‘मानव अधिकार आयोगका सिफारिसको कार्यान्वयन न्यून’ « Khabarhub

‘मानव अधिकार आयोगका सिफारिसको कार्यान्वयन न्यून’


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कार्यान्वयनका लागि सर आयोगले कारलाई गरेका सिफारिसहरू कार्यान्वयन भएको बताएका छन् ।

आयोगको २५ औँ वार्षिकोत्सव समारोहमा आज आयोजित कार्यक्रममा उनले कारबाहीका लागि गरिएका सिफारिस धेरै कार्यान्वयन नभएका बताए । उनले आयोगबाट गरिएका सिफारिस कार्यान्वयन नहुँदा दण्डहीनताले प्रश्रय पाउन सक्ने विचार व्यक्त गरे  ।

नागरिकको अभिव्यक्ति स्वतन्त्रतासँग मानव अधिकार अन्योन्याश्रित सम्बन्ध रहेको र विचार तथा अभिव्यक्तिको स्वतन्त्रतालाई शान्तिपूर्ण तरिकाले प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए  । 

अध्यक्ष मगरले  सशस्त्र द्वन्द्वका बेला भएका मानव अधिकार उल्लङ्घनका घटनाका पीडितहरूको न्याय र परिपूरण सबैको सरोकार, चिन्ता र जिम्मेवारीको विषय भएकाले राज्यका निकायहरूले कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

चालु आर्थिक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी ५८ वटा उजुरी दर्ता भएका छन् । आयोग २०५७ जेठ १३ गते स्थापना भएको स्मरणमा प्रत्येक यसै दिन स्थापना दिवस मनाउने गरिएको छ ।

आयोगले ‘जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकार: दिगो शान्ति र समृद्धिको आधार’ नाराका साथ २५ औँ वार्षिकोत्सव मनाएको छ । –रासस
 

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ५ : ०४ बजे

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले