एमाले महासचिव भन्छन्- अब विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउनुपर्छ | Khabarhub Khabarhub

एमाले महासचिव भन्छन्- अब विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउनुपर्छ


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउनुपर्ने बताएका छन् । पार्टीका सबै विभागका सबै सदस्यहरूको विस्तारित भेला-बैठकलाई सोमबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले गणतन्त्र प्राप्तिपछि केही पनि नभएको भ्रम चिर्न गणतन्त्र प्राप्तिपछि सामाजिक, सास्कृतिक, आर्थिक, विकास निर्माण, शैक्षिकलगायतमा भएका उपलब्धिबारे नयाँ पुस्तालाई जानकारी दिन विद्यालय शिक्षामा गणतन्त्र र यसका उपलब्धि पढाउनुपर्ने बताए ।

गणतन्त्रपछि जन्मिएका बच्चाहरूले बलिदानीपूर्ण सङ्घर्षबाट लोकतन्त्र-गणतन्त्र स्थापना भएको जानकारी दिन पनि विद्यालय शिक्षामै लोकतन्त्र र गणतन्त्रबारे पढाउनु पर्ने पनि उनले उल्लेख गरे ।

उनले त्यहाँ सम्बोधन गर्दै संविधान संशोधन गरेर भए पनि नागरिकस्तरमै उत्सवका रुपमा लोकतन्त्र(गणतन्त्र दिवस मनाउनु पर्नेमा पनि जोड दिए । यो पटक एमालेले गणतन्त्र दिवसलाई जेठ १५ मा जनताको उत्सवको दिनका रुपमा मनाउने तयारी गरेको पनि उनले उल्लेख गरे ।

महासचिव पोखरेलले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने सबै गतिविधि जनम्प्रभुता र जनताविरुद्धका गतिविधि हुन् भन्ने कुरामा आमजनतालाई बुझाउने अभियानका रूपमा जेठ १५ मा उत्सव मनाउन लागेको उल्लेख गरे ।

जेठ १५ मा मनाउने उत्सव कसैको विरोधमा लक्षित नभएको भन्दै उनले गणतन्त्र नेपाली जनताको भन्दै सबै भन्दा ठूलो उत्सव भएकाले जनताको विजयका रुपमा मनाउन लागेको जानकारी दिए ।

उनले जनताको बलिदानी सङ्घर्षबाट प्राप्त लोकतन्त्र, गणतन्त्र जोगाउन पनि जनताले यो दिन हाम्रो दिन हो भन्ने अनुभूति दिलाउन एमालेले उत्सवका रुपमा झाँकीसहित मनाउन लागेको जानकारी दिए ।

लोकतन्त्रले के दियो ? भनेर राजावादीहरूले चलाएका हल्लाले पनि समस्या भएको भन्दै त्यसलाई चिर्नुपर्ने उनले बताए ।

लोकतन्त्र जनताको शासन हो भन्ने स्थापित गर्ने एमाले सबैभन्दा अग्रपङ्तिमा रहेको उनले बताएका छन् ।

राष्ट्रिय स्वाधीनता र रक्षाका लागि सबैभन्दा बढी खटिरहेको र सबैभन्दा बलियो शक्ति पनि एमाले नै भएकाले अहिले सबैभन्दा बढी प्रहार एमालेमाथि भइरहेको उनले बताए । पोखरेलले एमालेको उज्यालो भविष्यमाथि भइरहेको प्रहारलाई सामना गर्नुपर्नेमा पनि जोड दिए ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ५ : ५४ बजे

शुक्रबारका लागि सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा

राजविराज – राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा आएको छ। बसपार्कको

बाढीले नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध : एउटा पिकअप भ्यान बगायो

नवलपरासी – नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को चोरमारा र दुम्कीवासमा

राइड सेयरिङको कानुनी मान्यताविरुद्ध विरोध : गण्डकीमा यातायात ठप्प

पोखरा – गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ

पूर्व-पश्चिम राजमार्ग : दाउन्नेमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगायो

काठमाडौं – पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दुम्किबास र दाउन्नेमा निर्माण गरिएको