गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्नु अराजनीतिक : महेश बर्तौला | Khabarhub Khabarhub

गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्नु अराजनीतिक : महेश बर्तौला


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीमाथि अख्तियारले गरेको अनुसन्धानको प्रक्रियासँग जोडेर गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्नु असंसदीय र अराजनीतिक कदम भएको बताएका छन् ।   

संसद् बैठक स्थगित भएपछि मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले देशका धेरै कर्मचारीमाथि अनुसन्धान र कारबाही समेत भएको अवस्थामा कर्मचारीसँग जोडेर मन्त्रीलाई जबाफदेही बनाउने काम उचित नभएको समेत बताए ।

राजनीतिलाई प्रतिशोधको मसला बनाउने गरी विपक्षी दलका केही सांसदहरूले अभिव्यक्ति दिएको उनले बताए  । बर्तौलाले राज्यका अंगहरुले स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनेको भन्दै विभिन्न पदमा रहेका व्यक्तिमाथि अख्तियारले छानबिन गर्ने गरी प्रक्रिया अघि बढाएको धारणा राखे । 

उनले भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारीहरूलाई कारबाही गर्नुपर्नेमा एमाले दृढ रहे पनि अहिले नै हतारमा कसैलाई दोषी देखाउने काम उचित नभएको बताए  ।  

बर्तौलाले वर्तमान सरकार गठन भए पनि कानूनले काम गरेको र सुशासन प्रवर्द्धन भएकाले कुनै पनि प्रकरणमा जोसुकै दोषी देखिए उन्मुक्ति नपाउने स्पष्ट पारे  । 

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ६ : १७ बजे

विश्व सङ्गीत दिवसमा थारू कलाकारको प्रस्तुति

काठमाडौं– विश्व सङ्गीत दिवसको अवसरमा काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय

प्रकाशमानलाई प्रभु साहको व्यंग्य- गणेशमानको बदनाम गर्नुभयो, म भए मुख छोपेर हिँड्थेँ

काठमाडौं- आमजनता पार्टीका अध्यक्ष प्रमु साहले उपप्रधान तथा सहरी विकासमन्त्री

अमेरिकी आक्रमणले इरानका आणविक स्थल ‘पूर्ण रूपमा ध्वस्त’ : ट्रम्प

वासिङ्टन– राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकी हवाई आक्रमणले इरानका मुख्य

झम्क तिमल्सिनाको उपन्यास ‘विमुक्‍ति’ लोकार्पण

काठमाडौं– आख्यानकार झम्क तिमल्सिनाको दोस्रो उपन्यास कृति ‘विमुक्‍ति’ लोकार्पण गरिएको

‘पाँच जिल्लाबाहेक अरु भाडामा दिए हुन्छ’ भन्ने अमरेशको अभिव्यक्ति हटाउन सभामुखको निर्देशन

काठमाडौं– सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहले संसद्मा दिएको ‘पाँच