चिनियाँ रासायनिक कारखानामा विस्फोट, ५५ वटा सवारी र २३२ जना उद्धारकर्ता खटाइँदै « Khabarhub

चिनियाँ रासायनिक कारखानामा विस्फोट, ५५ वटा सवारी र २३२ जना उद्धारकर्ता खटाइँदै


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– पूर्वी चीनको एक रासायनिक कारखानामा मङ्गलबार भएको ठूलो विस्फोटका कारण भवनबाट ठूलो मात्रामा धुवाँको मुस्लो उठेको चिनियाँ राज्य सञ्चालित सञ्चार माध्यमले जनाएको छ ।

चीनको समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीका अनुसार राजधानी बेइजिङबाट करिब ४५० किलोमिटर दक्षिणपूर्वमा रहेको शान्दोङ प्रान्तको गाओमी शहरमा अवस्थित युदाओ केमिकल प्लान्टमा स्थानीय समयअनुसार बिहान ११ः५७ बजे विस्फोट भएको हो ।

बेइजिङबाट प्रकाशन हुने पत्रिका सिनजिङबाओको अनलाइन सेवामा प्रसारण गरिएको भिडिओमा आकाशमा धूलो र धुवाँको बाक्लो मुस्लो उडिरहेको, औद्योगिक क्षेत्रमा आगो लागेको र पसलका झ्यालहरू विस्फोटबाट उडेको देखिन्छ।

भिडियो क्लिपमा सडकको छेउछाउमा भग्नावशेष छरिएको, झ्यालहरू फुटेको कार र पृष्ठभूमिमा रहेका घर तथा भवनहरूलाई प्रभावित पार्ने खालको सुन्तला रङ्गको ठूलो आगोको लप्को पनि देखाइएको छ ।
 
राष्ट्रिय आपत्कालीन व्यवस्थापन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आपत्कालीन सेवाका लागि ५५ वटा सवारी साधन र २३२ जना पहिलो उद्धारकर्तालाई घटनास्थलमा पठाएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

चिनियाँ अनलाइन मिडिया द पेपरका अनुसार ४७ हेक्टर (११६ एकड) को जमिनमा फैलिएको युडाओ केमिकलले ‘कम विषाक्त’ कीटनाशकहरू उत्पादन गर्दछ र यहाँ करिब ३०० मानिसहरूले काम गर्छन् ।

यसअघि सन् २०१५ मा बन्दरगाह शहरका रूपमा चिनिने तियानजिनमा ज्वलनशील रसायन भएको गोदाममा भएको विस्फोटमा १७० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने ७०० जना घाइते भएका थिए । –रासस

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ६ : ४३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै