प्रधानमन्त्री ओलीले अनुगमन गरे जल तथा मौसम विज्ञान विभाग | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले अनुगमन गरे जल तथा मौसम विज्ञान विभाग


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको मनसुनको मौसम पूर्वानुमान बारेमा जानकारी लिएका छन् । मंगलबार काठमाडौंको बबरमहलस्थीत जल तथा मौसम विज्ञान विभागमा पुगेर प्रधानमन्त्री ओलीले यस वर्षको मनसुनको मौसम पूर्वानुमान बारेमा जानकारी लिएका हुन् ।

सो क्रममा  विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ मनसुन अवधि हुने र गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको उत्तरी भाग र कर्णाली प्रदेशको पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने जानकारी गराए ।

सरदरभन्दा बढी वर्षा हुने देखिएकाले यस वर्ष बाढी र पहिरोका साथै डुबानका समस्या धेरै हुने उनले बताए । उनले आफूहरूले उपलब्ध प्रविधि र स्रोत साधनको अधिकतम प्रयोग गरी पूर्वानुमानलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। 

विभागको अध्ययन र प्रस्तुति सुनेपछि प्रधानमन्त्री ओलीले विभागको पूर्वानुमान र सूचना प्रवाहलाई लक्षित क्षेत्रका जनताले बुझ्ने सरल भाषामा प्रभावकारीरुपमा सम्प्रेषण गर्न निर्देशन दिए । 

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ६ : ५८ बजे

खोकना बासीले मनाए सिकाली जात्रा (तस्बिरहरू)

काठमाडौं– उपत्यका लगायत देशैभर वडादशै मनाइरहेको अवस्थामा ललितपुरस्थित खोकनामा भने

ड्रोनबाट यस्तो देखियो सत्तीघाट पुल (तस्बिरहरू)

कर्णाली– कर्णाली नदीमा बनेको सत्तीघाट पुलले कैलालीको टीकापुर र बर्दियाको

कथा : दुर्गा पूजा 

आज प्रतिपदा तिथि रहेछ । बेलुकी मात्र क्यालेण्डरमा आँखा ठोक्किन

स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, अर्का एक गम्भीर

बरहथवा– सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको

तमोर कोरिडोरका पुल निर्माणमा ढिलाइ हुँदा सास्ती भोग्दै यात्रु

पाँचथर– तमोर कोरिडोर सडकका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले सास्ती