तातो हावाको जोखिम न्यूनीकरण प्रयास | Khabarhub Khabarhub

तातो हावाको जोखिम न्यूनीकरण प्रयास


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

खजुरा– तातो हावा (लु) को जोखिम न्यूनीकरण तथा व्यवस्थापनसहित पूर्व तयारी गर्न चुनौती र अवसर आङ्कलन गर्न सर्वसाधारणसँग परामर्श लिइएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाइमा तयार हुन लागेको मार्ग चित्रमा यसअघि कार्यक्रम सञ्चालन गरिएका विराटनगर, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीमा अन्तरक्रिया गरी प्राप्त सुझाव समावेश गरिने परामर्शदाता बुद्धि कुमालले बताए । 

स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, उद्योग, व्यवसाय, जीविकोपार्जन, यातायात तथा भौतिक संरचना, जलस्रोत, ऊर्जा, सिँचाइ, वन तथा वातावरणको क्षेत्रमा तातो हावा (लु) ले पुर्‍याएको असर र आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा सुझाव लिइएको छ । 

नेपालगञ्ज सहर र आसपासका बस्तीमा ट्युवेलबाट पानी आउन छोडेको, इनार, पोखरी, तालतलैया सुक्दै गएको, बोटबिरुवा विनाश भइरहेको, जथाभाबी बोरिङ जडान भएको, भवन र सडक वातावरणमैत्री निर्माण नभएको, कृषि उत्पादनमा ह्रास आइरहेको, दिनप्रतिदिन तापक्रम वृद्धि भइरहेको, मानव स्वास्थ्यमा प्रत्यक्ष असर हुनुका साथै मृत्युसमेत भएको तथ्य सरोकारवालाले औँल्याएका थिए । 

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतका वर्षदेखि नेपालगञ्जको केही वडामा नमूनाका रुपमा तातो हावा (लु)को लहरबाट हुनसक्ने जोखिम न्यूनीकरणका गतिविधि सञ्चालन भएको बताए । उनले मन्त्रालयबाट प्राप्त हुने बजेट सशर्त हुने भएकाले चाहेर पनि लुसम्बन्धी गतिविधि व्यापक गर्न नसकेको उल्लेख गरे । 

नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक समिरप्रताप सिंहले तातो हावाको लहरबाट बच्न नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा प्रचारप्रसार, नमूनाका रुपमा जस्तापाताबाट निर्माण भएको घरको छानामा सेतो रङगले पेन्टिङ गरिएको र बसपार्कमा कुलिङ सेन्टर निर्माण जारी रहेकोलगायत जानकारी गराए  ।-रासस

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ७ : २० बजे

आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेको इरानले गर्‍यो स्वीकार

काठमाडौं – इरानका अधिकारीले इस्फान, नातान्ज र फोरडोहमा आक्रमण भएको

अनुदान उपलब्ध गराउन उखु किसानको माग

महोत्तरी– महोत्तरीसहित मधेसका उखु किसानले अनुदान उपलब्ध गराउन सरकारसँग माग

इरानमा आक्रमणप्रति विधायकको मिश्रित प्रतिक्रिया : ट्रम्पलाई युद्धको अधिकार नभएको दाबी

वाशिङ्टन – इरानको आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेपछि त्यहाँका विधायकको

पर्वतमा १४० रोपनी क्षेत्रफलमा जापानी कटुसखेती

पर्वत– पर्वतमा जनशक्ति अभाव र बाँदर आतङ्कले खेतीपाती गर्न छाडेर

राष्ट्र बैंकको अध्ययन : यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती

काठमाडौं– नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती रहेको