राष्ट्रिय कुराँस प्रतियोगिता जेठ १६ मा « Khabarhub

राष्ट्रिय कुराँस प्रतियोगिता जेठ १६ मा


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कुराँस सङ्घको आयोजनामा राष्ट्रिय कुराँस प्रतियोगिताको चौथो संस्करण यसै साता हुने भएको छ ।
 
यही जेठ १६ गते हुने एकदिने उक्त प्रतियोगिताको खेल नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा आयोजना हुने आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष जीवन राईले जानकारी दिए ।

प्रतियोगितामा सिनियर र जुनियर गरी विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । जुनियर महिला÷पुरुषमा २५ केजी,  ३० केजी, ३५ केजी, ४० केजी र ४५ केजी माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

यसैगरी सिनियर महिलातर्फ ४८ केजी, ५२ केजी, ६३ केजी र ६३ केजी माथि तौल समूहमा भिडन्त हुनेछ भने सिनियर पुरुषतर्फ ६० केजी, ६६ केजी ७३ केजी, ८१ केजी तथा ८१ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । 

करिब २२० जना खेलाडीले भाग लिने उक्त प्रतियोगितामा विभिन्न सात प्रदेश र त्रिभुवन आर्मी क्लब, ससस्त्र प्रहरी बल (एपिएफ) र नेपाल पुलिस क्लब गरी तीन विभागीय टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

हरेक समूहका शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीले क्रमशः रु तीन हजार, दुई हजार र एक हजार पुरस्कार प्राप्त गर्नेछन् । कुराँस एक प्रकारको मार्सल आर्टअन्तर्गतको खेल हो । यसमा दुई खेलाडीहरू विशेष कपडाबाट बनेको ड्रेस (ज्याकेट) लगाएर एक अर्कालाई समातेर ढाड टेकाएर फाल्ने प्रयास गर्छन । ‍-रासस

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ७ : २८ बजे

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र