‘मानवअधिकार संरक्षणमा सबैको दायित्व महत्त्वपूर्ण’ | Khabarhub Khabarhub

‘मानवअधिकार संरक्षणमा सबैको दायित्व महत्त्वपूर्ण’


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मानवअधिकार संरक्षणमा सबैको दायित्व महत्त्वपूर्ण हुने बताएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगको २५औँ (रजत) वार्षिकोत्सवको उपलक्ष्यमा आयोगको कोशी प्रदेश कार्यालयद्वारा विराटनगरमा आयोजित अन्तरक्रियामा उनले मानवअधिकार संरक्षण र संवर्द्धनमा सम्बन्धित सरोकारवाला गम्भीरतापूर्वक काम गरेमा सफल हुने धारणा राखे ।  

प्रदेश प्रमुख खापुङले समाजमा हुने विभेद, असमानता, अन्याय र अत्याचार समाप्त गरेमा मानवअधिकार संरक्षण  गर्न सकिने उल्लेख गरे ।

प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले संविधानमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी, पिछडिएका समुदाय महिला, आदिवासी जनजातिको हकअधिकार एवं मानवअधिकार स्थापित गर्न राजनीतिक दलका नेताहरूको भूमिका महत्त्वपूर्ण रहने चर्चा गरे ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आयोगको कामले अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च छवि कायम राख्न सफल भएको बताए । 

आयोगका मानवअधिकार अधिकृत डिल्लीराम लम्सालले कोशी प्रदेश कार्यालयले मिति २०८१ जेठ १३ गतेदेखि २०८२ जेठ १२ गते जम्मा २३२ उजुरी प्राप्त भएकामा ९२ वटा अनुसन्धान गरिएको जानकारी दिए । रासस
 

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ७ : ३८ बजे

विश्व पर्यटन दिवस : भक्तपुर दरबार क्षेत्रमा पर्यटकको स्वागत

भक्तपुर– विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाले आज भक्तपुर दरबार

बेलहिया नाकाबाट पर्यटक आगमनमा सुधार

भैरहवा– कोरोना महामारीपछि बेलहिया नाकाबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा क्रमिक

तेह्रथुममा सिस्नो प्रशोधन सुरु, सुपरमार्केटहरूको माग धान्नै मुस्किल

तेह्रथुम– यहाँको लालीगुराँस नगरपालिका–१ स्थित चैते सामुदायिक वनले  सिस्नोको प्रशोधन

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरौँ : प्रधानमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेकी

गुण्डुबाट ओलीले भने- असंवैधानिक सरकारको धम्कीले हामी डराएका छैनौँ 

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले