एजेन्सी – अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले बालबालिका र स्वस्थ गर्भवती महिलाका लागि कोभिड–१९ विरुद्धको खोप सिफारिस नगर्ने घोषणा गरेका छन् ।
गत हप्ता खाद्य तथा औषधि प्रशासनका अधिकारीहरूले महामारी अन्त्यका लागि महत्वपूर्ण उपकरणका रूपमा रहेको कोभिड खोपको स्वीकृति ६५ वर्ष वा सोभन्दा बढी उमेरका वयस्क र स्वास्थ्य समस्या भएका युवा व्यक्तिमा सीमित गर्ने घोषणा गरेपछि यो परिवर्तन गरिएको हो ।
ट्रम्प प्रशासनका अधिकारीहरूले यो परिवर्तनलाई बेलायत, जर्मनी र फ्रान्स जस्ता देशहरूसँग अमेरिकालाई नजिक ल्याउनको लागि तयार पारेका छन् । ती मुलुकहरूले वार्षिक ‘बुस्टर खोप’हरू केवल वृद्ध र रोग प्रतिरोधात्मक प्रणाली कमजोर भएका व्यक्तिका लागि मात्र सिफारिस गरिन्छ ।
स्वास्थ्यमन्त्री केनेडीले संघीय जनस्वास्थ्य नीतिमा आमूल परिवर्तन गर्न दबाब दिइरहेका छन् । उनले खोप र विशेषगरी कोभिड खोपको बारेमा गलत सूचना फैलाएको आरोप लामो समयदेखि अमेरिकामा खेपिरहेका छन् ।
‘आजसम्म स्वस्थ बालबालिका र स्वस्थ गर्भवती महिलाका लागि कोभिड खोप सीडीसी ९सेन्टरफर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन० ले सिफारिस गरेको खोप तालिकाबाट हटाइएको छ र यो घोषणा गर्न पाउँदा म खुशी छु,’ उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको भिडियोमा भनेका छन् ।
एफडीएका अधिकारीहरूले खोप निर्माताहरूले ६५ वर्षभन्दा कम उमेरका स्वस्थ व्यक्तिहरूमा खोप प्रयोगका लागि स्वीकृति कायम राख्न चाहेमा नयाँ क्लिनिकल परीक्षणहरू सञ्चालन गर्नुपर्ने बताएका छन् ।
हालैका यी परिवर्तनहरूको आलोचना भएको छ । जोन्स हप्किन्स युनिभर्सिटीका सङ्क्रामक रोग विशेषज्ञ अमेश अदालजाले गत साता एएफपीसँग भने, ‘नयाँ तरिका अन्य देशले अपनाएको तरिकासँग मिल्दोजुल्दो भए पनि मलाई लाग्छ, कोभिड–१९ विरुद्धको खोपको प्रारम्भिक शृङ्खला बाल्यावस्थामा हुने नियमित खोपको हिस्सा हुनुपर्छ ।’
फिलाडेल्फियाको चिल्ड्रेन हस्पिटलका शीर्ष खोप विशेषज्ञ पल अफिटले यो परिवर्तनले विशेष गरी अमेरिकाको निजीकरण गरिएको स्वास्थ्य सेवा प्रणालीअन्तर्गत अझै पनि ‘बुस्टर खोप’हरू चाहने मानिसहरूको पहुँचमा प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन् ।
गर्भवती महिलाहरूका लागि खोप नदिने भन्ने अघिल्लो सीडीसी मार्गदर्शनभन्दा फरक निर्णय आएकाले यसले कोभिडसँग सम्बन्धित नियमबारे केही परिवर्तनको सम्भावनाहरूलाई सङ्केत गर्दछ ।
मंगलबार बिहानसम्म केनेडीको घोषणालाई प्रतिबिम्बित गर्न बाँकी रहेको एजेन्सीको वेबसाइटमा रहेको प्रतिवेदनमा अझै पनि गर्भवती महिलाहरू खोप प्राप्त गर्नु ‘विशेष गरी महत्त्वपूर्ण’ ती व्यक्तिहरूमध्ये एक रहेको उल्लेख छ ।
‘भर्खरै गर्भवती भएका वा परिपक्व र्भसकेको गर्भवती महिलामा गर्भवती नभएकाहरूको तुलनामा कोभिड–१९ को सङ्क्रमण हुने हुने सम्भावना बढी हुन्छ,’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिक्रिया