आज २०८२ साल असार १३ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल असार १३ गते शुक्रबारको राशिफल


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार १३ गते शुक्रबार। असार शुक्ल पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ जुन २७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। यात्रामा सञ्चित धन खर्च हुने जोखिम छ। आम्दानी भन्दा खर्च बढ्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा तपाईंको प्रगति हुनेछ।

वृष : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुने योग छ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

मिथुन : दिन धेरै राम्रो छ। मन प्रशन्न रहने छ। कामबाट सन्तुष्टि मिल्ने छ। श्रमको प्रतिफल प्राप्त हुने योग छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

कर्कट : आज दिन राम्रो छ। आम्दानीको स्रोत बलियो बनेको छ। संकटमा साथीको साथ मिल्नेछ। योजना सार्वजनिक नगरी काम गर्नु राम्रो हुन्छ। हरेक क्षेत्रमा गोपनीयता सुरक्षित गर्नुपर्ने छ।

सिंह : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ। आज तपाईंले राजनीति नगर्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा गरेको श्रमको मूल्य प्राप्त हुनेछ।

कन्या : तपाईंका लागि आजको दिन राम्रो छ। कृषि क्षेत्रको व्यापारबाट फाइदा हुनेछ। स्वदेशमा आम्दानीका स्रोत पत्ता लाग्ने देखिन्छ। परिवारभित्र तपाईंको कामको प्रशंसा हुनेछ।

तुला : दिन राम्रो छ। प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्ने छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त होला। शिक्षामा थप मिहिनेत आवश्यक देखिन्छ।

वृश्चिक : दैनिकी सामान्य छ। सानो कामले पनि मनमा उत्साह बढ्नेछ। स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा सचेत बन्नुपर्ने समय छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

धनु : दिन सामान्य छ। तपाईंले खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। सम्पत्तिका पछाडि लाग्दा सहकर्मीले छोड्ने छन्। शिक्षाको क्षेत्रमा देखिएको अल्छीपनले घाटा हुनेछ।

मकर : दिन राम्रो छ। आज तपाईंका लागि शुभ ग्रहको बहुमत छ। आम्दानीका दृष्टिले दिन शुभ छ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ। श्रमको मूल्य प्राप्त हुनेछ।

कुम्भ : दिन सामान्य छ। बोल्नु अगाडि सोच्नुपर्ने देखिन्छ। संकटमा तपाईंको सुझबुझका कारण विपक्षीको साथ मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राज

मीन : दिन राम्रो छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। परिवारका. साथ र सहयोग बढ्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ। शिक्षामा मिहिनेत गर्दा प्रगतिफल प्रप्त होला।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ५ : ०३ बजे

५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्मा भारी वृद्धि भएको छ

रुपन्देहीमा अनुगमन समितिद्वारा चार बुँदे आचरण जारी

लुम्बिनी– प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी, भयरहित र विश्वसनीय

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

बैतडी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ

भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाइँदै

चितवन– चितवनको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको

विश्वकप : यी हुन् सुपर-८ अगाडि सर्वाधिक विकेट लिने र रन बनाउने दुई खेलाडी

काठमाडौं – आईसीसी टी–२० विश्वकप जारी छ । सुपर–८ का