इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन « Khabarhub

इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन

'कतार आक्रमणले अमेरिकालाई झड्का'


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

इरान- युद्धविराम भएपछि पहिलो पटक सार्वजनिक रूपमा प्रतिक्रिया व्यक्त गर्दै इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीले अमेरिकाले इरानमा गरेको आक्रमणबाट केही पनि क्षति नभएको बताएका छन्। इरान र इजरायल युद्धको समयमा अमेरिकाले इरानको आणविक केन्द्र ध्वस्त पारेको दाबी गरिरहँदा खामेनीको यस्तो प्रतिक्रिया आएको हो।

उनले अमेरिकाको आक्रमणबाट इरानको आणविक कार्यक्रममा केही पनि असर नगरेको बताउँदै कतारमा रहेको अमेरिकी सेनाको एयर बेसमा भएको आक्रमण भने ठुलो झट्का भएको दाबी गरेका छन्।

१३ जुनमा इरान र इजरायलको बीचमा युद्ध सुरु भएपछि सार्वजनिक नभएका खामेनीले बिहीबार टेलिभिजन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्। कतारमा भएको आक्रमणको बारेमा खामेनीले शत्रु पक्षलाई धेरै क्षति पुगेको तथा यस्तो आक्रमण भविष्यमा पनि हुन सक्ने र त्यस परिस्थिति आएमा आक्रमण अझ डरलाग्दो हुने चेतावनीसमेत दिएका छन्।

अमेरिकाले इरानसँग वार्ताको प्रयास गरे पनि इरानका विदेश मन्त्रीले बिहीबार अमेरिकासँग वार्ताको कुनै योजना नभएको बताएका छन्।

अमेरिकाले बारम्बार इरानको आणविक केन्द्रमा भएको आक्रमणले सफलता पाएको दाबी गर्दै आएको छ।

खामेनीको प्रतिक्रियाको अघि मात्र अमेरिकी रक्षा मन्त्री पिटर हेगसेथले इरानमा गरिएको प्रहारले सफलता पाएको अमेरिका र इजरायल दुवै देशको गुप्तचर रिपोर्टमा समावेश भएको उल्लेख गरेका छन्।

पेन्टागनमा सेनाका अधिकारीको साथमा रहेर पत्रकार सम्मेलनको आयोजना गर्दै हेगसेथले आक्रमणले ऐतिहासिक सफलता दिलाएको बताएका हुन्। कुनै गुप्तचरले भने फोर्डोबाट युरेनियम पहिलो नै निकाली सकेको शङ्का व्यक्त गरेका थिए। हेगसेथले त्यो शंकामा ध्यान दिनुपर्ने आवश्यकता नै नभएको बताएका छन्।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ५ : ५८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु