इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन « Khabarhub

इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन

'कतार आक्रमणले अमेरिकालाई झड्का'


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

इरान- युद्धविराम भएपछि पहिलो पटक सार्वजनिक रूपमा प्रतिक्रिया व्यक्त गर्दै इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीले अमेरिकाले इरानमा गरेको आक्रमणबाट केही पनि क्षति नभएको बताएका छन्। इरान र इजरायल युद्धको समयमा अमेरिकाले इरानको आणविक केन्द्र ध्वस्त पारेको दाबी गरिरहँदा खामेनीको यस्तो प्रतिक्रिया आएको हो।

उनले अमेरिकाको आक्रमणबाट इरानको आणविक कार्यक्रममा केही पनि असर नगरेको बताउँदै कतारमा रहेको अमेरिकी सेनाको एयर बेसमा भएको आक्रमण भने ठुलो झट्का भएको दाबी गरेका छन्।

१३ जुनमा इरान र इजरायलको बीचमा युद्ध सुरु भएपछि सार्वजनिक नभएका खामेनीले बिहीबार टेलिभिजन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्। कतारमा भएको आक्रमणको बारेमा खामेनीले शत्रु पक्षलाई धेरै क्षति पुगेको तथा यस्तो आक्रमण भविष्यमा पनि हुन सक्ने र त्यस परिस्थिति आएमा आक्रमण अझ डरलाग्दो हुने चेतावनीसमेत दिएका छन्।

अमेरिकाले इरानसँग वार्ताको प्रयास गरे पनि इरानका विदेश मन्त्रीले बिहीबार अमेरिकासँग वार्ताको कुनै योजना नभएको बताएका छन्।

अमेरिकाले बारम्बार इरानको आणविक केन्द्रमा भएको आक्रमणले सफलता पाएको दाबी गर्दै आएको छ।

खामेनीको प्रतिक्रियाको अघि मात्र अमेरिकी रक्षा मन्त्री पिटर हेगसेथले इरानमा गरिएको प्रहारले सफलता पाएको अमेरिका र इजरायल दुवै देशको गुप्तचर रिपोर्टमा समावेश भएको उल्लेख गरेका छन्।

पेन्टागनमा सेनाका अधिकारीको साथमा रहेर पत्रकार सम्मेलनको आयोजना गर्दै हेगसेथले आक्रमणले ऐतिहासिक सफलता दिलाएको बताएका हुन्। कुनै गुप्तचरले भने फोर्डोबाट युरेनियम पहिलो नै निकाली सकेको शङ्का व्यक्त गरेका थिए। हेगसेथले त्यो शंकामा ध्यान दिनुपर्ने आवश्यकता नै नभएको बताएका छन्।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ५ : ५८ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति

मुस्ताङ पुगे भारतीय राजदूत, लोमन्थाङमा गुम्बा विद्यालयको छात्रावास उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित लोमन्थाङ

सुदूरपश्चिम प्रदेश सरकारको अभियान : ‘पोखौँ पसिना देशमै हाँसेर’

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘पोखौँ

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ ।