सत्ता साझेदार एमालेसँग कुनै असमझदारी छैन : देउवा « Khabarhub

सत्ता साझेदार एमालेसँग कुनै असमझदारी छैन : देउवा


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार नेकपा एमालेसँग कुनै असमझदारी नभएको बताएका छन् ।
 
चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा उनले एमालेसँग असमझदारी नभएको प्रतिक्रिया दिएका हुन् । 

सभापति देउवालाई पत्रकारहरूले एमालेसँग नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा देखिएको असमझदारीतर्फ ईंगित गर्दै जिज्ञासा राखेका थिए । जवाफमा उनले भने, ‘ठूलो कुरो केही थिएन । मानी हाले नि । दुईवटा पार्टी अलग–अलग पार्टी हुन् ।’

पत्रकारकै जिज्ञासाका क्रममा सभापति देउवाले पार्टीको १५ औँ महाधिवेशन समयमै हुने पनि बताए । ‘समयमा हुन्छ, समयमा हुन्छ,’ उनले भने । 

प्रजातन्त्रका सेनानी गौरीदेवी प्रधानको निधनको ७ औँ पुण्यतिथिको अवसर पारेर कांग्रेस चितवनले आयोजना गरेको श्रद्धाञ्जली सभामा सहभागी हुन देउवा चितवन पुगेका छन् ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १२ : ०३ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु