दैलेखको महाबु गाउँपालिकाले १५ असारमा बिदा नदिने « Khabarhub

दैलेखको महाबु गाउँपालिकाले १५ असारमा बिदा नदिने


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारले धान दिवसका अवसरमा १५ असारमा सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदाको दिनमा पनि दैलेखको महाबु गाउँपालिकाले सार्वजनिक बिदा नदिने भएको छ । 

सार्वजनिक बिदाको दिन शनिबार र आइतबार कार्यालय सञ्चालनमा रहने गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०८१-०८२ को भुक्तानीको कार्यलाई मध्यनजर गर्दै मिति १४ गते शनिबार र १५ गते धान दिवसको दिन महाबु गाउँपालिका कार्यालय तथा अन्तर्गतका कार्यालयहरू बन्द नभई सेवा प्रवाह गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले बताए । 

सम्पूर्ण शाखाका प्रमुख तथा सम्पूर्ण कर्मचारीहरू अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई नियमित कार्यसम्पादन गर्ने प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताए ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १२ : २१ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु