समीक्षा र एलिनाको पक्षमा उभिए फिल्मकर्मी र कलाकार « Khabarhub

समीक्षा र एलिनाको पक्षमा उभिए फिल्मकर्मी र कलाकार


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उदीयमान दुई गायिका एलिना चौहान र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा आफूहरूमाथि भएको दुर्व्यवहारविरुद्ध बोल्न थालेका छन् । उनीहरूको यो कदम अभियानकै रूपमा चलिरहेको छ ।

विवाह बन्धनमा बाँधिएको छोटो समयमा सम्बन्धबिच्छेद भएपछि एलिनामाथि साइबर दुर्व्यवहार बढ्दो छ । केही वर्षअघि यौन दुर्व्यवहारको शिकार भएपछि समीक्षालाई निरन्तर सामाजिक सञ्जालमा खुइल्याउने प्रयास भइरहेको छ ।

यसबीच वैयक्तिक जीवनकै कठिन समयमा यी दुवैले साइबर बुलिङ सामना गर्नुपर्‍यो । व्यक्तिगत तवरबाट र समूह नै बनाएर स्त्रीद्वेषीहरू यी दुई गायिकामाथि जाइलागे । चरित्रदेखि त्यसलाई आर्थिक पाटोसम्म जोडेर खिल्ली उडाउने र बदनाम गर्ने काम भइरह्यो ।

चरित्रहत्या र बदनामी प्रयास अति भएपछि गायिकाद्वय यतिखेर प्रतिरोधमा उत्रिएका छन्‌ । त्यो पनि सामाजिक सञ्जालबाटै, जो यस्ता मामिलामा प्रभावकारी मानिन्छ ।

सामाजिक सञ्जलामा आफूहरूमाथि तथानाम टिप्पणी गर्नेको तस्बिर, नामथर र ठेगानासहित सार्वजनिक गर्ने अभियानमा गायिकाद्वय लागिपरेका छन्‌ ।

एलिनाले सामाजिक सञ्जालामा बुधबार लेखेकी थिइन्‌, ‘कमेन्टमा अत्याचार धेरै भयो, अब पालो पालो पोस्ट गर्छु ।’

त्यसयता एलिनाले आफूलाई दुर्व्यवहार गर्नेको तस्बिर र उनीहरूको कमेन्ट भटाभट सार्वजनिक गरेकी छन् । यो क्रम अझै रोकिएको छैन ।

एलिनाले आफ्नो तस्बिर दुरुपयोग गर्नेलाई माफी माग्न लगाएको भिडियोसमेत सार्वजनिक गरेकी छन् । समीक्षाले पनि आफूलाई कमेन्ट बक्समा दुर्व्यवहार गर्नेको फोटो सार्वजनिक गर्न लागेकी छन् ।

तस्बिर सार्वजनिक गरेपछि उनले मेसेजमा माफी माग्नेहरूलाई समेत सार्वजनिक गरेर सबक सिकाइरहेकी छन् ।

सामाजिक सञ्जालमा दुर्व्यवहारमा पर्ने यी दुई गायिकामात्रै होइनन् । तर, उनीहरूले ‘आफूमाथि भएको अन्याय’ विरुद्ध सामाजिक सञ्जालमै लडाइँ सुरु गरेका हुन्‌ । उनीहरूको यो कदममा फिल्मकर्मी र कलाकारहरूले साथ दिएका छन् ।

कलाकार निर्मल पौडेलले उनीहरुको यो कदमको प्रशंसा गरेका छन् । निर्माता तथा कलाकार दीपकराज गिरीले पनि उनीहरूको पक्षमा लामो स्ट्याटस लेखेका छन् ।

दीपकले लेखेका छन्, ‘जटिल परिस्थितिमा आफूमाथि खनिने त्यस्ता सामाजिक सञ्जालका फुर्सदिला गाली सम्राटहरूलाई तिमीहरूले सामाजिक सञ्जालमै उनीहरुको हर्कत उदाङ्गो पार्ने जुन अभियान चलायौ, त्यो एकदमै प्रशंसनीय छ ।’

कलाकार सुमन कार्कीले दीपकै पोस्ट सेयर गर्दै समीक्षा र एलिनालाई ढाडस दिएका छन् । कार्कीले लेखेका छन्, ‘सबैलाई सम्मानले बाच्न दिऊँ ।’

नायिका केकी अधिकारी पनि यी दुई गायिकाको साथमा देखिएकी छन् । आफूमाथि अत्याचार भएपछि यी दुई गायिका प्रतिवादमा उभिएको उनको आशय छ ।

केकीले समीक्षा र एलिनाबारेको समाचार सेयर गर्दै लेखिकी छन्, ‘भनिन्छ – अति गर्नु तर अत्याचार नगर्नु । अत्याचारको मूल्य चुकाउनैपर्छ ।’

यी दुई गायिकाले केही व्यक्तिको खराब मानसिकता उदाङ्गो पारेको निर्माता रोहित अधिकारीको बुझाइ छ । गायिकाहरूको पक्षमा उनले लेखेका छन्, ‘दरिद्र मानसिकताका मान्छेहरूलाई सबक सिकाउनैपर्छ ।’

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १ : ५४ बजे

दिल्लीको सन्देश : नेपालमा लोकतान्त्रिक र संवैधानिक स्थिरता भारतका लागि महत्त्वपूर्ण

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन

संकटमा परेका राजपाल यादवलाई सोनू सूदको सहयोग

काठमाडौं– बलिउडका हास्य कलाकार राजपाल यादव हाल चेक बाउन्स मुद्दाका

वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमणबारे रमेश खरेल भन्छन् : राज्य कागजमा मात्रै सीमित हुँदाको परिणाम

वीरगञ्ज (पर्सा) – पर्साको वीरगञ्जस्थित आदर्शनगरमा अवैध रूपमा तस्करी गरी

निर्वाचन घोषणा पत्रका लागि एमालेद्वारा सुझाव संकलन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधि सभाको निर्वाचन घोषणा पत्र

काठमाडौंमा पनि लगाउन थालियो एचपीभी खोप (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी)