कुकुरको मासु बेच्न नपाउँदा कोरियाली किसानलाई तनाव « Khabarhub

कुकुरको मासु बेच्न नपाउँदा कोरियाली किसानलाई तनाव


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिण कोरियाली सरकारले सन्‌ २०२४ जनवरीदेखि देशभर कुकुरको मासु बेच्न प्रतिबन्ध लगाइदियो । यस्तो प्रतिबन्ध कार्यान्वयनमा आइसकेको छ । तर, मासु प्रयोजनका लागि फार्म नै खोलेर हजारौँ कुकुर पालेका किसानलाई यतिखेर निकै सकस परेको छ ।

जू येओङ बोङ मासु उत्पादन निम्ति कुकुर पालन गर्थे । उनको यो व्यापार निकै फस्टाइरहेको थियो । जसै कुकुरको मासुमाथि प्रतिबन्ध लाग्यो – फर्ममा रहेका कुकुर बिकेन । मासुमाथि प्रतिबन्ध लागेको डेढ वर्षसम्म पनि उनको फार्म मासुकै लागि पालिएका कुकुरले भरिएको छ । कुकुर खोज्दै हालसम्म कोही गाहाकी आएका छैनन् ।

दक्षिण कोरियामा कुकुरको मासु खाने प्रचलन रहीआएको छ । त्यहाँका किसानहरूले फार्ममै कुकुर पाल्ने गर्छन्‌, जसरी मासुका लागि अन्य जनावर पालिन्छ ।

कोरियाली सरकारले सन्‌ २०२७ सम्म कुकुर पाल्न र बेच्न खोलिएका सबै फार्म बन्द गराउनेछ । तर, पुस्तौँदेखि निरन्तर रहेको व्यवसाय तुरुन्त बन्द गर्न सजिलो नहुने कुकुरको मासु बेचबिखनमा सङ्लग्नहरूले बताइरहेका छन्‌ ।

मासुकै लागि किसानहरूले पालेका पाँच लाखभन्दा बढी कुकुर व्यवस्थापन निम्ति कोरियाली सरकारले हालसम्म ठोस योजना बनाएको छैन । मासु प्रतिबन्धमा समर्थन गरेका पशु अधिकारकर्मीहरू पनि लाखौँ कुकुरबारे चिन्तित छन्‌ । किसानसँग लाखौँ कुकुर छन्‌, तर किन्ने कोही छैन ।

कोरियन एसोसिएशन अफ एडिबल डग्सका अध्यक्ष जू येओङ भन्छन्‌, ‘मानिसहरू हैरानीमा परेका छन्‌ । हामी ऋणमा डुब्दैछौँ । मानिसहरूले नयाँ काम खोज्न पनि सकेका छैनन्‌ । अवस्था निकै खराब छ ।’

मासुका लागि पालिएका कुकुर फार्म बन्द गर्न किसानहरूसँग अब जम्मा १८ महिना बाँकी छ । बाँकी समयावधिभित्र त्यहाँ रहेका कुकुरलाई केही न केही व्यवस्थापन गरी हटाउनुपर्छ । कुकुर फार्म बन्द गर्न नसके किसानहरू जेलबासमा पर्न सक्छन्‌ ।

कुकुरपालक अर्का किसान चैन वु भन्छन्‌, ‘मैले आफूसँग भएको सारा पुँजी कुकुर पालनमै लगाएको थिएँ, तर यहाँ अब कोही मानिस पनि कुकुर किन्न चाहँदैनन्‌ ।’ कुकुरको मासुमा प्रतिबन्ध लगाउन अभियान चलाइरहेका पशु अधिकारकर्मी र सरकारी अधिकारीहरूमाथि उनले रोष व्यक्त गरे ।

उनीहरूकै प्रभाव र निर्णय बमोजिम प्रतिबन्ध कार्यान्वयनमा आयो, तर बाँकी रहेका लाखौँ कुकुरलाई लिएर चिन्ता व्यक्त गर्न अहिले कुन पशु अधिकारकर्मी या सरकारी अधिकारी कुकुरपालक किसानकहाँ गएका छैनन्‌ ।

स्पष्ट योजनाबिनै सरकारले यो कानुन पास गरिदिँदा समस्या निम्तिएको र अब बाँकी रहेका कुकुर राख्न पनि नदिने बताउँदा आफूहरूमा चिन्ता थपिएको कोरियाली कुकुरपालकहरूको गुनासो छ ।

दक्षिण कोरियाको कृषि, खाद्य एवम्‌ ग्रामीण मामिला मन्त्रालयका एक प्रवक्ताले यदी किसानहरूले आफूसँग रहेका कुकुर छाडिदिए स्थानीय प्रशासनले आफ्नो संरक्षणमा लिएर सेल्टरमा राख्ने बताएका छन्‌ ।

तर, जनावर संरक्षणका लागि खोलिएका त्यस्ता सेल्टरहरू अहिले नै भरिभराउ छन्‌ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १२ : ४७ बजे

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ

किसानलाई अनुदानमा कृषि सामग्री वितरण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई ९२