केन्द्रीय कार्यालय परिसर विस्तारका लागि कांग्रेसले किन्यो १३ करोडमा जग्गा र घर  « Khabarhub

केन्द्रीय कार्यालय परिसर विस्तारका लागि कांग्रेसले किन्यो १३ करोडमा जग्गा र घर 


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यालय परिसर विस्तारका लागि एक रोपनीभन्दा बढी जमिन खरिद गरेको छ । कांग्रेसले परिसर विस्तारका लागि केन्द्रीय कार्यालय अगाडिपट्टि १९ आना जग्गा खरिदको सम्झौता गरेको हो । 

ललितपुरको सानेपामा रहेको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्यले एक रोपनी तीन आना तीन पैसा जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनले अमिरमान अमात्यको नाममा रहेको जग्गा र घर खरिदका लागि असार ११ गते जग्गा धनीसँग एक वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैनासहित सम्झौता भएको बताए । 

‘निर्धारित १३ करोड रुपैयाँ पार्टीको विभिन्न तहको लेबी र शुभेच्छुकहरूको सहयोगमार्फत सबैको अपनत्व गाँसेर चुक्ता गरिने छ,’ मुख्य सचिव पौडेलले भने ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  २ : ४५ बजे

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन