धनुषामा आँप महोत्सव हुँदै, घुम्न आउने पर्यटकलाई निःशुल्क खुवाइने « Khabarhub

धनुषामा आँप महोत्सव हुँदै, घुम्न आउने पर्यटकलाई निःशुल्क खुवाइने


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– धनुषामा दुई दिने आँप महोत्सव आयोजना हुने भएको छ । धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा यही असार १४ र १५ गते चित्रपुर म्याङ्गो एग्रो टुरिजम बोर्डको आयोजनामा ‘चित्रपुर आँप मेला महोत्सव– २०८२’ हुने भएको हो । 

स्थानीय आँप प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डका अध्यक्ष प्रदीप महतोले बताए । उनले चित्रपुरलाई ‘आँप पर्यटन नाका’का रूपमा विकास गर्ने लक्ष्य लिइएको समेत उल्लेख गरे । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत आँप पकेट जोन घोषणा गरिए पनि किसानहरू बजारीकरण हुन नसकेको बताउँछन् ।

यहाँ दोस्रो पटक आँप महोत्सव गर्न लागिएको मेला समितिका सदस्य फुलगेन मगहीले बताए । मेलामा ४० भन्दा बढी जातका आँप तथा आँपबाट बनेका विभिन्न परिकार जुस, अचारलगायतको प्रदर्शनीमा राखिनेछ । 

मेला घुम्न आउने पर्यटकलाई निःशुल्क आँप खुवाउने, बगैँचामा घुमाउने, रुखबाट आँप छानेर टिप्ने अनुभव दिलाउने र विद्यार्थीलाई विभिन्न जातका आँप चिनाउने कार्यक्रमसमेत समावेश गरिएको अध्यक्ष महतो बताउँछन् ।

हाल चित्रपुर क्षेत्रमा ३०० बिघाभन्दा बढी जमिनमा फैलिएको आँपको बगैँचामा उत्पादन हुँदै आएको छ । मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता सरोज चौधरीका अनुसार मधेश प्रदेशले देशको कुल आँप उत्पादनमा ७७.१ प्रतिशत योगदान दिँदै आएको बताए ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ३ : ३४ बजे

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन