माधव नेपाल जस्ता स्वच्छ छविका नेतालाई भ्रष्टाचार मुद्दामा फसाउन खोजियो « Khabarhub

एकीकृत समाजवादीको निष्कर्ष

माधव नेपाल जस्ता स्वच्छ छविका नेतालाई भ्रष्टाचार मुद्दामा फसाउन खोजियो


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी नेकपा एकीकृत समाजवादी पार्टीले अध्यक्ष माधवकुमार नेपाललाई षड्यन्त्रपूर्वक भ्रष्टाचार मुद्दामा फसाउन खोजिएको निष्कर्ष निकालेको छ ।

शुक्रबारदेखि काठमाडौंमा सुरू भएको सचिवालयको बैठकका क्रममा उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले अध्यक्ष नेपाललाई योजनावद्ध रुपमा फसाउन खोजिएको बताएका छन् ।

‘पतञ्जलि योगपीठको साँगास्थित जग्गा बिक्रीसम्बन्धी मुद्दामा अध्यक्ष नेपाललाई फसाउने कोसिस गरियो’, उनले भने, ‘हाम्रो पार्टीमाथि पहिलेदेखि नै, स्थापना भएदेखि नै, एमालेबाट विद्रोह गरेदेखि नै प्रहार र षड्यन्त्र हुँदै आएको थियो । यो मुद्दा त्यही प्रहारको अर्को श्रृंखला हो । हाम्रो अध्यक्षलाई झुटो मुद्दा लगाइएको छ ।’

उनले अध्यक्ष नेपालमाथिको मुद्दा समग्र कम्युनिस्ट आन्दोलनमाथिकै प्रहार रहेको बताए । ‘हाम्रो पार्टीका अध्यक्षमाथिको मुद्दा आन्दोलनमाथिको प्रहार हो’, उनले भने, ‘माधव नेपाल अहिलेका नेतामा सबैभन्दा स्वच्छ छविका हुनुहुन्छ । उहाँको जीवनशैली सरल छ । उहाँलाई मुद्दा लगाएर हाम्रो पार्टीलाई कमजोर बनाउन खोजिएको छ । यो विशिद्ध प्रतिशोधका कारणले लगाइएको मुद्दा हो ।’

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ५ : २६ बजे

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न