गण्डकी प्रदेश सरकारको बजेट पारित « Khabarhub

गण्डकी प्रदेश सरकारको बजेट पारित


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश सरकारको आगामी आव २०८२/८३ को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ ।

यही असार १ गते सार्वजनिक बजेट र मन्त्रालयगत विनियोजनमाथि प्रदेशसभामा भएको छलपछि शुक्रबार बजेट पारित गरिएको हो । यसअघि बजेटमाथि प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको मन्त्रीहरू र मुख्यमन्त्रीले प्रदेशसभामा जवाफ प्रस्तुत गरेका थिए । 

आजको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राथमिकताका आधारमा बजेट बाँडफाँट गरिएको बताए । पुरानो दायित्व थपिँदा कास्की र गोरखामा बढी बजेट विनियोजन भएको उनको भनाइ थियो । 

‘कास्की प्रदेशको राजधानी र पर्यटकीय राजधानीसमेत भएकाले बजेटको प्राथमिकतामा पर्नु स्वाभाविक हो, गोरखामा पुराना आयोजनाको दायित्व सिर्जना हुँदा बजेट बढी विनियोजन भएको हो’, मुख्यमन्त्री पाण्डेले भने  । 

भौतिक पूर्वाधारतर्फ ५० लाख रुपैयाँ भन्दा कमका योजनामा बजेट नराख्ने भनिए पनि पुरानो दायित्वकै कारण कतिपय योजनामा त्योभन्दा थोरै बजेट विनियोजन गर्नुपर्ने बाध्यता रहेको उनले बताए । स्रोत सुनिश्चित नगरी योजना छनोट गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताए । 

प्रदेश सरकारले आगामी आव २०८२/८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ को बजेट ल्याएको थियो । 

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ५ : ३४ बजे

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कञ्चनपुर– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा