द्वन्द्वपीडित परिवारले भने- द्वन्द्वका सबै विषय फरफारक हुने गरी काम गर्नुस् « Khabarhub

द्वन्द्वपीडित परिवारले भने- द्वन्द्वका सबै विषय फरफारक हुने गरी काम गर्नुस्


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्य निरूपण तथा मेलमिलाप आयोगले सशस्त्र द्वन्द्वपीडितलाई न्याय दिलाउनका लागि आवश्यक सूचना, सुझाव र सल्लाह दिएर सहयोग गर्न आह्वान गरेको छ । 

आयोगद्वारा शुक्रबार आयोजित द्वन्द्वपीडित तथा सरोकारवालासँगको अन्तरक्रियामा आयोगका पदाधिकारीले पीडितले दिने लिखित वा मौखिक सूचना, प्रश्न र सुझावलाई आत्मसात् गर्ने प्रतिबद्धता जनाए ।

त्यसअवसरमा द्वन्द्वपीडित कालीबहादुर विस्टले राज्य र विद्रोही दुवै पक्षबाट भएका घटनाका पीडित अन्यायमा परेकाले शीघ्र न्याय दिलाउने कार्यमा ठोस पहल र निर्णय गर्न  सुझाव दिए । 

उनीहरूले द्वन्द्वका क्रममा आफू र आफ्ना परिवारमाथि भएको अत्याचार, दमन, कुटपिट, लुटपाट, अङ्गभङ्ग, अपहरण, सम्पत्ति कब्जा र गाउँ निकालाका घटना भएको जनाउँदै पहुँच र प्रभावका आधारमा क्षतिपूर्ति उपलब्ध गराएको भनी रोष प्रकट गरे ।

पीडितका नाममा विगतमा दुई पटक सत्य निरूपण र बेपत्ता आयोगका पदाधिकारी फेरिएको उल्लेख गर्दै उनीहरूले आफूहरूले न्याय पाउन ढिलाइ भइरहेको बताइ । पीडित परिवारले आयोगका नाममा राज्यको दोहन र पार्टीका कार्यकर्तालाई रोजगारी दिलाउन काम मात्र भएको आरोप लगाए ।

द्वन्द्वपीडित हिरा तिवारी शर्माले देशमा कुनै विपत्ति भएमा तत्कालै केही गर्न आवश्यक परेका खण्डमा  सङ्क्रमणकाल घोषणा गर्न सकिने भए पनि दुई दशकको अवधिलाई कसरी सङ्क्रमणकालीन अवस्था भन्न सकिएला भनी प्रश्न गरिन् । उनले श्रीमान्लाई खाना खाने क्रममा घरबाट अपहरण गरी जङ्गलमा लगी हत्या गरिएको उल्लेख गरिन् ।

द्वन्द्वपीडित परिवारले लामो  समयसम्म न्याय नपाउँदा पीडितकाबीचमा पनि फूटको भावना आएको जनाउँदै विगतको घटना राजनीतिक समस्या भएकाले पीडितलाई न्यायको अनुभूति हुने गरी क्षतिपूर्ति र परिपूरणको व्यवस्था गर्न सुझाव दिए ।

उनीहरूले त्यस बेलाको अवस्था र घटनाको वर्गीकरण गरी बिना भेदभाव न्यायोचित क्षतिपूर्ण र परिचयपत्रको व्यवस्था गर्न सुझाव दिए । पीडित परिवारले राज्यले द्वन्द्वपीडितका लागि खडा गरेको रकमको दुरुपयोग नगर्न तथा दुवै पक्षका पीडित नै भएकाले न्याय गलत नहोस् भनी हेक्का राख्न आग्रह गरे  ।

घटनामा मारिएका, बेपत्ता भएका, सम्पत्ति कब्जा गरिएका तथा यातना दिइएकाको बेग्लै सूची तयार गरी घटना विशेषका आधारमा न्याय दिलाउन कार्यमा ठिक निर्णयमा पुग्न आयोग पदाधिकारीलाई सुझाव दिइयो ।

उनीहरूले  ढिलो न्याय पाउनु पनि न्याय नपाउनु जस्तो हो भन्दै आयोगको वर्तमान कार्यकालमा द्वन्द्वका सबै विषय फरफारक हुने गरी कार्य गर्न आयोग पदाधिकारीलाई सुझाव दिए ।
 

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ६ : ०७ बजे

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ