बजेटबारे भएका गलत प्रचारप्रसारप्रति आर्थिक मामिला तथा योजना मन्त्रालयको ध्यानाकर्षण « Khabarhub

बजेटबारे भएका गलत प्रचारप्रसारप्रति आर्थिक मामिला तथा योजना मन्त्रालयको ध्यानाकर्षण


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ वार्षिक कार्यक्रम तथा बजेट तर्जुमाका सम्बन्ध आर्थिक मामिला तथा योजना मन्त्रालय र मन्त्री कुन्दन काफ्लेलाई जोडेर विभिन्न सञ्चार माध्यममा प्रकाशित र प्रसारित भएका समाचारप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । 

मन्त्रालयका प्रवक्ता श्रीकृष्ण आचार्यद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालयसँग कुनै सत्यतथ्य नबुझी प्रदेश सरकारको क्षेत्राधिकारभन्दा बाहिर बजेट विनियोजन भएको भन्ने सन्दर्भमा उक्त कार्यक्रम सङ्घीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरणअन्तर्गत सशर्त अनुदानको रहेको र हेटौँडा उपमहानगरपालिका वडा नं २० र २२ जोड्ने कर्रा खोला सडक पुल आयोजना साविककै क्रमागत आयोजनाको निरन्तरता हो ।’

मन्त्रालयमा बजेट निर्माणसम्बन्धी प्रक्रियागत छलफललाई विवाद भएको भनी झुठा प्रचारप्रसार गरिएको र जनतामा भ्रम फैलाइएको भन्दै मन्त्रालयले सम्बन्धित सबैमा त्यस्ता भ्रममा नपर्न सूचित गरेको छ । 
 

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ६ : १४ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली