विवादमा दिलजित, भने– बलिउडबाट कामको आश छैन « Khabarhub

विवादमा दिलजित, भने– बलिउडबाट कामको आश छैन


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय कलाकार दिलजित दोसाँझको फिल्म ‘सर्दार जी ३’ शुक्रबारबाट भारतबाहेकका अन्य देशमा प्रदर्शनमा आएको छ ।

फिल्ममा नायिका हानिया अमिरसहितका पाकिस्तानी कलाकारको अभियन रहेका कारण यो फिल्म भारतमा प्रदर्शनमा नआएको हो ।

विभिन्न राजनीतिक घटनाले भारतमा पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाइएको छ । सोहीकारण भारतको सेन्सर बोर्डबाट यो फिल्मको सेन्सर फेल भएको हो ।

भारतमा प्रदर्शनमा आउन नदिए पनि दिलजित विदेशमा फिल्म लगाउन अग्रसर भएपछि थप विवादमा परेका हुन् ।

उनको भनाइ छ, ‘हामीले यो फिल्म भारतमा पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाउनु धेरै अगाडि गरेका हौं । त्यही भएर म यो फिल्म विदेशमा प्रदर्शनमा ल्याउन निर्माण टिमलाई सहयोग गर्दै आएको छु ।’

उनको यो कदमलाई धेरैले देशविरुद्धको गतिविधिका रुपमा लिएका छन् । उनको विरुद्धमा केही कलाकार खुलेरै उभिएका छन् ।

बलिउडमा दिलजितलाई ‘बाइकट’ गर्नु पर्ने माग सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले गरिरहेका छन् ।

भारतीय फिल्मकर्मीहरुको संगठन फेडरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (एफडब्ल्यूआईसीई) दिलजितलाई प्रतिबन्ध लगाउन प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्रचारसमेत गरेको छ ।

प्रतिबन्ध र बाइकटको खबर बाहिरिएपछि दिलिजित आक्रोशित बनेका छन् । उनले बलिउडमा ‘कोहीबाट कामको आश नभएको’ प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन्, ‘मलाई बलिउडमा कसैले काम दिन्छ भन्ने आशा छैन । कामको लागि कुनै स्टारको मलाई जरुरत छैन । म संगीत प्रेमी हुँ । आफैँ संगीत निर्माण गर्छु र आफ्ना दर्शकलाई पस्कनेछु ।’

अर्थात्, दिलजित आफ्नो व्यवसायिक प्रतिबद्धताका कारण विवादमा परेका हुन् । उनी विवादसँग डराएर व्यवसायिक प्रतिबद्धताबाट हट्न तयार छैनन् ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ६ : ४२ बजे

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने

कर्णालीमा गत आर्थिक वर्ष ट्राफिक कारबाहीबाट ३ करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत– नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर