विवादमा दिलजित, भने– बलिउडबाट कामको आश छैन « Khabarhub

विवादमा दिलजित, भने– बलिउडबाट कामको आश छैन


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय कलाकार दिलजित दोसाँझको फिल्म ‘सर्दार जी ३’ शुक्रबारबाट भारतबाहेकका अन्य देशमा प्रदर्शनमा आएको छ ।

फिल्ममा नायिका हानिया अमिरसहितका पाकिस्तानी कलाकारको अभियन रहेका कारण यो फिल्म भारतमा प्रदर्शनमा नआएको हो ।

विभिन्न राजनीतिक घटनाले भारतमा पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाइएको छ । सोहीकारण भारतको सेन्सर बोर्डबाट यो फिल्मको सेन्सर फेल भएको हो ।

भारतमा प्रदर्शनमा आउन नदिए पनि दिलजित विदेशमा फिल्म लगाउन अग्रसर भएपछि थप विवादमा परेका हुन् ।

उनको भनाइ छ, ‘हामीले यो फिल्म भारतमा पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाउनु धेरै अगाडि गरेका हौं । त्यही भएर म यो फिल्म विदेशमा प्रदर्शनमा ल्याउन निर्माण टिमलाई सहयोग गर्दै आएको छु ।’

उनको यो कदमलाई धेरैले देशविरुद्धको गतिविधिका रुपमा लिएका छन् । उनको विरुद्धमा केही कलाकार खुलेरै उभिएका छन् ।

बलिउडमा दिलजितलाई ‘बाइकट’ गर्नु पर्ने माग सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले गरिरहेका छन् ।

भारतीय फिल्मकर्मीहरुको संगठन फेडरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (एफडब्ल्यूआईसीई) दिलजितलाई प्रतिबन्ध लगाउन प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्रचारसमेत गरेको छ ।

प्रतिबन्ध र बाइकटको खबर बाहिरिएपछि दिलिजित आक्रोशित बनेका छन् । उनले बलिउडमा ‘कोहीबाट कामको आश नभएको’ प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन्, ‘मलाई बलिउडमा कसैले काम दिन्छ भन्ने आशा छैन । कामको लागि कुनै स्टारको मलाई जरुरत छैन । म संगीत प्रेमी हुँ । आफैँ संगीत निर्माण गर्छु र आफ्ना दर्शकलाई पस्कनेछु ।’

अर्थात्, दिलजित आफ्नो व्यवसायिक प्रतिबद्धताका कारण विवादमा परेका हुन् । उनी विवादसँग डराएर व्यवसायिक प्रतिबद्धताबाट हट्न तयार छैनन् ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ६ : ४२ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित