उत्तरी इजिप्टमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु « Khabarhub

उत्तरी इजिप्टमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कायरो– इजिप्टको उत्तरी मेनुफिया गभर्नरेटमा शुक्रबार एउटा ट्रक (लोरी) र माइक्रोबस ठोक्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ र चार जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यम ‘डोस्टोर’ का अनुसार, मृतकहरू ५ देखि १८ वर्ष उमेरका थिए र अधिकांश काफर सनाबिसाह गाउँका बासिन्दा हुन्।

दुर्घटनापछि मेनुफियाको स्वास्थ्य निर्देशनालयले सबै सरकारी अस्पतालमा आपत्कालीन स्थिति घोषणा गरेको छ।

प्रारम्भिक अनुसन्धान अनुसार, माइक्रोबस तीव्र गतिमा यु-टर्न लिँदै गर्दा ट्रकसँग ठोक्किएको हो ।

हालै सरकारले सडकहरू सुधार गर्ने प्रयास गरे तापनि, लापरवाह ड्राइभिङ र कमजोर सडक अवस्थाका कारण इजिप्टमा यस्ता घातक दुर्घटनाहरू बारम्बार हुने गरेका छन् । रासस

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ७ : ०० बजे

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन

मुग्लिन-मलेखु सडक धमाधम बन्दै (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गतको पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको काम धमाधम

प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान