एसइईमा ग्रेड प्राप्त विद्यार्थीहरूलाई प्रधानमन्त्रीले दिए बधाई | Khabarhub Khabarhub

एसइईमा ग्रेड प्राप्त विद्यार्थीहरूलाई प्रधानमन्त्रीले दिए बधाई


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले एसइईमा ग्रेड प्राप्त गरेका विद्यार्थीलाई बधाई दिएका छन् । शुक्रबार साँझ सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै ओलीले ग्रेड नपाउने विद्यार्थीहरुले पनि यसलाई नै अन्तिम परीक्षा नठान्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘एसईई परीक्षामा ग्रेड प्राप्त गर्नु भएका भाइबहिनीहरुलाई हार्दिक बधाई ! यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नु भएको छ। गतवर्ष ४७.८६५ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नु भएको थियो भने ५२.१४ प्रतिशत परीक्षार्थी नन ग्रेडमा रहनु परेको थियो ।बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ। ग्रेड नपाउने विद्यार्थीहरुले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन पनि आउने छ।’

राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् ।

आज सार्वजनिक नतिजाअनुसार विसं २०८१ को एसइई परीक्षामा नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जिपिएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् ।

त्यसैगरी २.४ जिपिएदेखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने आठ जना परीक्षार्थी रहेका छन् ।

१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । एक लाख ६७ हजार ५९७ विद्यार्थी नतजिा अवर्गीकृत भएका छन् ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ८ : ५६ बजे

स्वायत्तता माग्दै पुल्चोक क्याम्पसका शिक्षक र विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीहरूले कीर्तिपुरस्थित उपकुलपतिको

जापानको माथिल्लो सदनको चुनाव, प्रधानमन्त्री इशिबाको परीक्षा

टोकियो– आइतबार संसदको माथिल्लो सदनको निर्वाचनमा बहुमत गुमाउनसक्ने अपेक्षाबीच जापानका

महानगरले गराएको छात्रवृत्ति परीक्षामा १० हजार विद्यार्थी उत्तीर्ण

काठमाडौं– काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११

स्वास्थ्यमन्त्री पौडेलले भने- बच्चाको मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ

नवलपुर– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बालबालिकामा हुने मधुमेहको परीक्षण

रुसको सुदूरपूर्वी कामचट्का प्रायद्विपमा शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी

काठमाडौं– रुसको सुदूरपूर्वी भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ ।