स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा « Khabarhub

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बनेका छन् मुस्ताङको घरपझोङ–५ ढुम्बाका जुझारु किसान कर्म गुरुङ ।

गुरुङ बाबुबाजेले अपनाउँदै आइरहेको स्याउखेतीलाई पुख्र्याैली पेसाका रूपमा पछ्याउँदै विगत पाँच दशकदेखि सक्रिय भएर लागिपरेका छन् ।

झन्डै ६ दशकअघि गुरुङको परिवारले मुस्ताङको ढुम्बा गाउँमा चिम्ले स्याउ फार्म सुरुवात गरेको थियो । त्यसबेला उनको परिवार, आफन्त र इष्टमित्रलगायतले सगोलमा सामूहिक स्याउखेती सुरु गरेका थिए । उनी १३ वर्षको हुँदा बुबा बितेपछि बुबाको कृषिकर्मको जिम्मेवारी उनको काँधमा थपियो ।

गुरुङका बुबा बितेपछि चिम्ले कृषि फार्मका दश दाजुभाइ/दिदीबहिनी सदस्य छिन्नभिन्न भए । बाल्यकालदेखि नै कृषिकर्मलाई पछ्याएका गुरुङले सगोलले अलपत्र पारेको कृषि फार्मको सबै बागडोर आफँैले सम्बाले ।

गुरुङले सम्हाल्दै आइरहेको त्यतिबेलाको स्याउ फार्म परम्परागत पद्धतिको थियो । आफ्ना बुबाको प्रेरणाबाट स्याउखेतीमा लागेका गुरुङले वर्तमानमा पनि पहिलेको परम्परागत स्याउखेतीसँगै स्याउखेतीमा नयाँ प्रविधि भित्र्याइसकेका छन् । सानै उमेरदेखि स्याउखेतीलाई निरन्तर पछ्याउँदै आएका गुरुङ व्यावसायिक स्याउखेतीतर्फ ५० वर्षको यात्रा पूरा गरिसकेको बताउँछन् ।

मुस्ताङमा अहिलेको जस्तो त्यो समय सडक, बिजुली, इन्टरनेट कुनै पनि सुविधा थिएनन्, यद्यपि उनले चिम्ले कृषि फार्मलाई विषम परिस्थितिसँग जुध्दै अहिलेको अवस्थामा ल्याउन सफल भए ।

गुरुङ भन्छन्, ‘बुबाको पालामा स्याउखेती गर्न अहिलेको जस्तो सहज थिएन, प्रविधिको विकास भएको थिएन, सबै काम हातैले गर्नुपथ्र्यो, अहिले त विगतको भन्दा स्याउखेती प्रणालीमा आकाशजमिन फरक भइसक्यो ।’

यहाँ सडक सञ्जाल नहुँदा उत्पादन हुने स्याउ नबिकेर पशुचौपायालाई खुवाउनुपर्ने र कति स्याउ त बोटमै कुहिएर झर्ने गरेको गुरुङले स्मरण गरे ।

त्यसबेला उत्पादन गरिएको स्याउ प्रतिकेजी दुई रुपैयाँमा पनि बिक्री गर्न मुस्किल पर्ने गरेको गुरुङले सुनाए । उनले विगत सम्झिँदै भने, ‘यहाँको स्याउ बजार पुर्याउन घोडा, खच्चड र हेलिकप्टरबाट ढुवानी गर्नुपथ्र्यो, स्याउ बेचेर फाइदा लिन पनि त्यसबेला किसानलाई निकै गाह्रो हुने गथ्र्यो ।’

कृषक गुरुङ अहिले ६१ वर्षको भए । उनको जोशजाँगर र इच्छाशक्ति भर्खरको तन्नेरीजस्तै छ ।

गुरुङ अहिले मुस्ताङका स्याउ किसानमध्ये अब्बल किसानका रूपमा परिचित छन् । दुई वर्षअघि उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका छन् । जिल्ला र राष्ट्रियस्तरमा स्याउखेतीमा उत्कृष्ट पहिचान बनाउँदै आएका गुरुङ स्याउखेतीमा पाएको सफलतामा बुबाकै योगदान रहेको बताउँछन् ।

बुबाले अपनाएको स्याउखेतीको विरासतलाई पछ्याउँदै निकै सङ्घर्ष र मेहनत गरी अहिलेको स्थानसम्म आइपुगेको गुरुङको भनाइ छ । स्याउखेतीतर्फ प्राप्त गरेको यस प्रकारको सफलताले कुनै युद्ध जितेको जस्तै अनुभूति हुने गरेको उनको भनाइ छ ।

गुरुङको पुख्यौली परम्परागत स्याउखेती छँदै थियो । तर, त्यसमा सोचेजस्तो आम्दानी लिन निकै मुस्किल पथ्र्यो । विसं २०७५ साल अघिसम्म परम्परागत स्याउखेती गर्दै आइरहेका गुरुङले अहिले बृहत् रूपमा उच्चघनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउखेतीलाई अघि बढाएका छन् । जतिबेला मनाङमा एग्रो मनाङले हाइब्रिड स्याउखेतीको नमूना परीक्षण सुरु गरेको थियो ।

गुरुङले स्याउका लागि निजी जग्गा झन्डै तीन सय रोपनी र अन्य दुई सय रोपनी जग्गा आफन्त, इष्टमित्र र संस्थागत तहमा लिज सम्झौता गरी स्याउखेती विस्तार गरेको जानकारी दिए । उनले आधा जग्गामा परम्परागत स्याउखेती र बाँकी आधा जग्गामा हाइब्रिड स्याउखेती गरेका छन् ।

कृषक गुरुङको स्याउ फार्मले २५ जनालाई स्थायी र करिब ९० जनाभन्दा बढीलाई अल्पकालीन रोजगारी दिएको छ । स्याउखेतीलाई भनेर किसान गुरुङले पाँच सय बढी च्याङ्ग्रा, १० वटा घोडा, नौवटा जर्सी गाई र स्याउ बगैँचामा मौरीपालन गरेका छन् ।

स्याउखेतीबाट वार्षिक तीन–चार करोडको कारोबार हुने गुरुङले बताए । स्याउखेतीमा जनशक्ति र स्याउ बगैँचा व्यवस्थापनलगायतमा पनि उत्तिकै खर्च हुने गरेको गुरुङको भनाइ छ ।

मुस्ताङमा जलवायु परिवर्तनका कारण यहाँको स्याउ छिटोछिटो पाक्न थालेको उनले बताए । (रासस)

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ८ : १९ बजे

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अर्थ र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिका बैठक आज