‘कुलिङ अफ पिरियड’मा प्रचण्डलाई छानबिनको दायरामा ल्याउनु पर्छ : योगेश भट्टराई | Khabarhub Khabarhub

‘कुलिङ अफ पिरियड’मा प्रचण्डलाई छानबिनको दायरामा ल्याउनु पर्छ : योगेश भट्टराई


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ‘कुलिङ अफ पिरियड’का बारेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै छानबिनको दायरामा ल्याउनु पर्ने बताएका छन् ।

भट्टराईले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत दाहाललाई सम्बोधन गर्दै संघीय निजामति सेवा गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थ गर्न बनेको विधेयकमा कुलिङ अफ पिरियडका बारेमा प्रधानमन्त्री लक्षित अभिव्यक्ति दिएकोप्रति गम्भीर ध्यानआकर्षण भएको उल्लेख गरेका छन् ।

उनले पूर्वप्रधानमन्त्री समेत रहेका दाहालमाथि यस प्रकरणमा तीन वटा कारणले छानबिन गर्न माग गरेका छन् ।

दाहालले शनिबार एक कार्यक्रममा यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली माथि छानबिन गर्नुपर्ने अभिव्यक्ति दिएपछि भट्टराईले त्यसको कडा प्रतिवाद गरेका हुन् ।

उनले भनेका छन्– ‘२०८० साल फागुन ११ गते संसदमा यो विधेयक दर्ता भएको बेला तपाईँ नै प्रधानमन्त्री हुनुहुन्थ्यो । तपाईँकै अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले यो विधेयकलाई संसदमा पेश गर्न स्विकृति दिएको हो, जसमा कुलिङ अफ पिरियडको कुनै व्यवस्था गरिएको छैन । यसले स्पष्ट गर्दछ कि तपाईँ कुलिङ अफ पिरियडको पक्षमा हुनुहुन्थेन ।’

भट्टराईले आज विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो भन्दै प्रश्न समेत गरेका छन् ।

दाहाल प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्थ समितिको वरिष्ठ सदस्य भएको स्मरण गराउँदै भट्टराईले सोही समितिले कुलिङ अफ पिरियड राख्ने निर्णय गरेको उल्लेख गरेका छन् । उनले लेखेका छन्– ‘तर समितिको प्रतिवेदन संसदमा पेश गर्दा यो व्यवस्थलाई किन तलमाथि गरियो ? समितिको वरिष्ठतम् सदस्यको हैसियतले तपाईँमाथि नै नैतिक प्रश्न उठ्छ हैन र ?’

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ९ : १६ बजे

आजपाको जिकिर : भ्रष्टाचार र ठगी गर्दै हिँडेपछि निकालिएकाहरूलाई ओलीले टीको लगाएर एमालेमा भित्र्याए

काठमाडौँ- प्रभु साह नेतृत्वको आम जनता पार्टीले विगतमा कारवाही गरी

नक्कली डाक्टरको आशंकामा डेण्टल केयर बन्द

चितवन- यहाँस्थित भरतपुरको हाकिमचोकमा ‘नक्कली डाक्टर’ बनेर उपचार गरेको आशंकामा

युके पठाउने भन्दै ४३ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीका लागि बेलायत (युके) पठाउने भन्दै आठ

लिपुलेकमा भारत-चीन सम्झौताविरुद्ध क्रान्तिकारीले बाल्यो मसाल (तस्बिरहरू)

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भारत

संयुक्त राष्ट्रसङ्घद्वारा गाजामा अनिकालको घोषणा

रोम- संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजामा अनिकालको औपचारिक घोषणा गरेको छ।