हुम्ला-मुगु लिङ्क रोड : लोतीखोलामा ‘बेलीब्रिज’ जडान | Khabarhub Khabarhub

हुम्ला-मुगु लिङ्क रोड : लोतीखोलामा ‘बेलीब्रिज’ जडान


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

अदानचुली– हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको  छ । रु चार करोड ९८ लाखमा बेलीब्रिज जडान गर्ने काम सम्पन्न भएको हो । 

पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर नरेशराज जैसीलेका अनुसार  बयालीस मिटर लम्बाइको उक्त बेलीब्रिज कर्णाली नदीबाट १० मिटर उचाइमा रहेको र पुलको ३.१५ मिटर उचाइ, तीन वटा प्यानल र तीन वटा डेक राखिएको छ । 

लोतीखोलामा पुल नहुँदा स्थानीयवासी समस्यामा रहेका थिए ।  हिउँदयाममा खोलामा पानी घटेपछि खोलाबाटै सवारीसाधन वारपार गर्दथे भने हल्का सवारीसाधनका लागि काठको पुल बनाइएको थियो ।  वर्षात्मा आएको खोलाले  पुल बगाएपछि मानिससमेत तुइनमा तर्न बाध्य  थिए ।

हुम्ला र मुगु जोड्नका लागि मात्र नभई चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङ आवतजावत गर्न पनि गाउँपालिकावासी तुइनमै निर्भर रहेका थिए । 

चङ्खेली गाउँपालिकाका तीन वटा वडा तुइन तरेर गाउँपालिका केन्द्रमा आउनुपर्ने समस्या  अन्त्य भएको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताए । उनका अनुसार निरन्तरको पहलपश्चात  बेलीब्रिज छोटो समयमा निर्माण सम्पन्न भएको हो । 

पुलले मुगु, जुम्लालगायतका नागरिकलाई कैलाश मानसरोवर दर्शन गर्न र हुम्लाका नागरिकलाई राराताल अवलोकनका लागि बाजुरा भएर जानुपर्ने बाध्यता मात्र टरेको छैन, अब तिनै जिल्ला सदरमुकामसँग सिधा आवतजावत हुने भएको छ । 

यही साउन १३ गतेका दिन औपचारिक रूपमा उद्घाटन गरी हुम्ला मुगु लिङ्क हुने भएको छ । चङ्खेलीका सलीसल्लाबाट मुगु जिल्लाको भट्याचौरसम्म ग्रामीण पहुँच कार्यक्रम (र्याप थ्री)ले निर्माण सम्पन्न गरेको करिब चार वर्ष पूरा भएपश्चात यो बेलीब्रिज निर्माण भएको छ । 

कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालयअन्तर्गत जिल्लास्थित पूर्वाधार विकास कार्यालयसँग २०८१ साल मङ्सिर २३ गते सम्झौता भई असार २२ गते सम्पन्न भएको उक्त बेलीब्रिज करिब पाँच महिनामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ११ : ११ बजे

रुस-उत्तर कोरिया सीधा हवाई उडान सुरु

मस्को- रुस र उत्तर कोरियाबीच सीधा हवाई उडान सुरु भएको

प्रचारप्रसार अभावले ओझेलमा रिकुका होमस्टे

दोलखा– स्थानीय उत्पादन र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखेर दुई

गण्डकीमा छ सय बढीमा डेङ्गी सङ्क्रमण

गण्डकी– गण्डकी प्रदेशमा गत पुसयता छ सय नौ जनामा डेङ्गी

सार्वजनिक निकायले पारदर्शी भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सुशासन पहिलो

बीपीको प्रशंशामा ओलीको वक्तव्य : क्षणिक स्वार्थमा मिल्नेको ‘राजनीतिक दीर्घ जीवन’ हुँदैन

काठमाडौं – प्रधान केपी शर्मा ओलीले आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित