अमेरिकामा बोइङ विमानमा आगलागी : ल्यान्डिङ गियर फेल, १७३ यात्रुलाई बचाइयो « Khabarhub

अमेरिकामा बोइङ विमानमा आगलागी : ल्यान्डिङ गियर फेल, १७३ यात्रुलाई बचाइयो


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

डेनभर, अमेरिका– अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एउटा जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ।

अमेरिकन एयरलाइन्सको ‘बोइङ ७३७ म्याक्स ८’ विमानको ल्यान्डिङ गियर फेल भएपछि उड्न रोक्नुपरेको थियो। यस क्रममा विमानको पछिल्लो भागमा आगलागी भएको हो। विमान मियामीतर्फ उड्ने तयारीमा थियो।

अमेरिकी समय अनुसार दिउँसो २:४५ बजे (भारतीय समय अनुसार राति २:१५ बजे) यो घटना भएको हो। विमानमा १७३ यात्रु र ६ जना चालक दलका सदस्य थिए। सबै यात्रुलाई आपतकालीन स्लाइडरको प्रयोग गरी सकुशल बाहिर निकालिएको छ।

दुर्घटनामा ६ जनालाई सामान्य चोट लागेको छ, जसमध्ये एकजनालाई अस्पताल भर्ना गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) र अमेरिकन एयरलाइन्सले घटनाको छानबिन सुरु गरिसकेका छन्।

यसअघि १२ जुनमा भारतको अहमदाबादमा भएको एअर इन्डिया विमान दुर्घटनामा पनि बोइङ कम्पनीकै ‘बोइङ ७८७–८’ विमान दुर्घटना भएको थियो। उडेको दुई मिनेटमै भएको उक्त दुर्घटनामा २७० जनाको ज्यान गएको थियो।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १ : ०९ बजे

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको