अमेरिकामा बोइङ विमानमा आगलागी : ल्यान्डिङ गियर फेल, १७३ यात्रुलाई बचाइयो « Khabarhub

अमेरिकामा बोइङ विमानमा आगलागी : ल्यान्डिङ गियर फेल, १७३ यात्रुलाई बचाइयो


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

डेनभर, अमेरिका– अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एउटा जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ।

अमेरिकन एयरलाइन्सको ‘बोइङ ७३७ म्याक्स ८’ विमानको ल्यान्डिङ गियर फेल भएपछि उड्न रोक्नुपरेको थियो। यस क्रममा विमानको पछिल्लो भागमा आगलागी भएको हो। विमान मियामीतर्फ उड्ने तयारीमा थियो।

अमेरिकी समय अनुसार दिउँसो २:४५ बजे (भारतीय समय अनुसार राति २:१५ बजे) यो घटना भएको हो। विमानमा १७३ यात्रु र ६ जना चालक दलका सदस्य थिए। सबै यात्रुलाई आपतकालीन स्लाइडरको प्रयोग गरी सकुशल बाहिर निकालिएको छ।

दुर्घटनामा ६ जनालाई सामान्य चोट लागेको छ, जसमध्ये एकजनालाई अस्पताल भर्ना गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) र अमेरिकन एयरलाइन्सले घटनाको छानबिन सुरु गरिसकेका छन्।

यसअघि १२ जुनमा भारतको अहमदाबादमा भएको एअर इन्डिया विमान दुर्घटनामा पनि बोइङ कम्पनीकै ‘बोइङ ७८७–८’ विमान दुर्घटना भएको थियो। उडेको दुई मिनेटमै भएको उक्त दुर्घटनामा २७० जनाको ज्यान गएको थियो।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १ : ०९ बजे

सभापति थापाले ल्याए कांग्रेसको १५ औँ महाधिवेशन कार्यतालिका

काठमाडौं- नेपाली कांग्रेसाका सभापति गगनकुमार थापाले मंगलबार बसेको केन्द्रीय कार्यसमितिको

हङकङेली नेपालीका रोजगार एप ‘जबलिङ्क कनेक्ट’ सार्वजनिक

हङकङ – हङकङका नेपाली व्यवसायीद्वारा पहिलोपटक विकसित गरिएको मोबाइल एप्लिकेसन

किमको आणविक अडान कडा

सियोल- उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने स्पष्ट

देउवा पक्षलाई गगनको सन्देश : मैले हाँकेको गाडी अघि बढिसक्यो, यदि कोही छुट्छ भने त्यो मेरो कुरा होइन

ललितपुर‍- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा

जाँदाजाँदै कर्मचारीमाथि किन खनिन्छन् मन्त्री-प्रधानमन्त्री, पूर्वसचिव भन्छन्- ‘कार्यक्षेत्रकै भेउ पाउँदैनन्’

काठमाडौं– केही दिन अगाडी सहरी विकास मन्त्री कुमार इङ्नामले कर्मचारीहरूले