एजुकेसन कन्सल्टेन्सीहरूमा उपभोक्ता विभागको अनुगमन, दर्जनौँ कारबाहीमा | Khabarhub Khabarhub

एजुकेसन कन्सल्टेन्सीहरूमा उपभोक्ता विभागको अनुगमन, दर्जनौँ कारबाहीमा


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यार्थीलाई विदेशी विश्वविद्यालयमा अध्ययन गर्न परामर्श दिने उद्देश्यले खोलिएका कन्सल्टेन्सीहरूमा ठूलो बेथिति देखिएको छ । पछिल्लो समयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एजुकेसन कन्सल्टेन्सी क्षेत्रमा अनुगमन गर्दै र कारबाही गर्न थालेको हो । 

विभागले केही हप्ता यता अनुगमनमा केही संख्याका कन्सल्टेन्सी तत्काल जरिवाना सहितको कारबाहीमा परेका छन् भने धेरै संख्याका कन्सल्टेन्सीसँग विभागले कागजातको लागि ताकेता गरेको छ ।

अघिल्लो आर्थिक वर्षको असार महिना यता विभागले दर्जनौँ संख्यामा कन्सल्टेन्सीमाथि अनुगमन गर्दा पाँच वटा कन्सल्टेन्सी आर्थिक जरिवानामा परेका छन् ।

विभागले अनुगमनको क्रममा एसएस एजुकेसन सोलुसन सर्भिस, अक्सब्रिज फाउन्डेसन फर ग्लोबल स्टडीज, पाठशाला एजुकेसन नेटवर्क र मेजेष्टी फाउन्डेसन लाई ५१ हजारका दरले र द लोटस् इन्टरनेशनल एजुकेसन फाउन्डेसनलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

त्यस्तै, विभागले सो अवधिमा विभिन्न २७ वटा एजुकेसन कन्सल्टेन्सीलाई कागजात सहित विभागमा उपस्थिति हुन निर्देशन दिएको छ ।

विभागका प्रवक्ता भरतप्रसाद आचार्यले कागजपत्र नभएको अथवा प्रमाणपत्र देखाउन नसकेका कन्सल्टेन्सीलाई तत्काल जरिवाना गरिएको र दर्ता गरेर कर चुक्ता देखाउन नसकेकालाई विभागमा कागज सहित उपस्थित हुन निर्देशन दिइएको बताए ।

‘प्रमाणपत्र नभेटिएपछि जरिवाना गरेका छौँ, कसैले कागजपत्र छ तर, अहिले छैन भनेकालाई लिएर आउ भन्ने गरेका छौँ’, उनले भने । उनले संख्यात्मक रूपमा धेरै कन्सल्टेन्सी व्यवस्थित नै भएको भेटिएको र केही कन्सल्टेन्सी दर्ता नभएको, केही कागजात व्यवस्थित नगरेको अवस्थामा रहेको देखिएकोले विभाग छानबिनको चरणमा रहेको बताए ।

पूर्व शिक्षामन्त्री विद्या भट्टराईले एजुकेसन कन्सल्टेन्सी क्षेत्रलाई व्यवस्थित गर्नको लागि दर्ताको दायरामा ल्याउने प्रयास अगाडि बढाएकी थिइन् । उनको समयमा ९२७ वटा कन्सल्टेन्सीले इजाजतपत्रको नवीकरण गरेका थिए ।

उपभोक्ता विभागले कन्सल्टेन्सीको दर्ता र अद्यावधिक मात्रै हेर्ने गरेको तर, उनीहरूको आम्दानीको पारदर्शिताको अवस्था भने नहेरेको प्रवक्ता आचार्यले बताए ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १ : १७ बजे

बागमती प्रदेशमा कांग्रेसको झगडा मिलाउन खटिए राजेन्द्र केसी

काठमाडौं- बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको किचलो मिलाउन काठमाडौंबाट केन्द्रीय सदस्य

१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएको छ : मन्त्री दाहाल

ललितपुर– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १० वर्षको अवधिमा

देशका लागि योगदान गर्ने व्यक्ति नै नेता हुन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि योगदान गर्ने व्यक्तिहरु

रेशमले कारबाही तयारी गरेपछि अर्कैलाई कार्यवाहक दिएर रञ्जिताले भनिन्, ‘म बिरामी भएँ’

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीभित्र देखिएको विवाद अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही

रुस-उत्तर कोरिया सीधा हवाई उडान सुरु

मस्को- रुस र उत्तर कोरियाबीच सीधा हवाई उडान सुरु भएको