कलैया उपमहानगरले सामुदायिक विद्यालयको स्तर सुधार्न योजनाबद्ध पहल गर्ने | Khabarhub Khabarhub

कलैया उपमहानगरले सामुदायिक विद्यालयको स्तर सुधार्न योजनाबद्ध पहल गर्ने


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– कलैया उपमहानगरले चालु आर्थिक वर्षमा यहाँका सामुदायिक विद्यालयको पठनपाठन र स्तर सुधार्नका लागि विशेष योजना बनाएर कार्यान्वयन गर्ने भएको छ ।

उपमहानगरले गत वर्षको एसइई परीक्षामा नतिजा खस्किएसँगै सामुदायिक विद्यालयको पठनपाठन र स्तर सुधार्नेतर्फ विशेष कार्यक्रम अघि बढाउने भएको हो ।

कलैया उपमहानगरका प्रमुख विनोदप्रसाद साहले आइतबार वीरगञ्जमा कारखाना समूहले आयोजना गरेको ‘शिक्षा नीति संवाद’ कार्यक्रममा विसं २०८२ मा सामुदायिक विद्यालयको गुणस्तर सुधारमा योजनाबद्ध काम गरिने प्रतिबद्धता व्यक्त गरे ।  

‘कलैयामा रहेका सामुदायिक विद्यालयको नतिजा राम्रो नआएपछि दोष सबै शिक्षकलाई दिने चलन छ । नतिजा राम्रो ल्याउन शिक्षक, विद्यार्थी, अभिभावक सबैको महत्त्वपूर्ण भूमिका रहन्छ’, उनले भने, ‘यस वर्षको नतिजा सुधारका लागि सुरुवाती चरणदेखि आवश्यक मेहनत गरेर शैक्षिक गुणस्तर सुधार्नेतर्फ ध्यान दिनेछौँ । यसमा सबैले सहकार्य र समन्वय गर्नु जरुरी छ ।’

प्रमुख साहले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको अनुपस्थिति दर अत्यधिक हुने भएकाले यसलाई सरोकारवाला निकाय, शिक्षक, अभिभावक र विद्यार्थीको सामूहिक पहलबाट जरुरी हुनेमा जोड दिए । 

उनले भने, ‘उपमहानगरमा २० वटा माध्यमिक विद्यालयमध्ये अधिकांशमा मावि तहका शिक्षकको दरबन्दी नहुँदा पनि पठनपाठनमा समस्या भइरहेको छ ।’ 

उनले प्रावि दरबन्दीका शिक्षक तथा आन्तरिक स्रोतबाट शिक्षक जुटाएर माविमा अध्ययन अध्यापन गराउनुपर्ने बाध्यता रहेको बताए । 

उपमहानगरका शिक्षा महाशाखा प्रमुख राजिवकुमार यादवले सामुदायिक विद्यालयमा शिक्षकको दरबन्दी नहुँदा पठनपाठनमा समस्या हुँदै आइरहेको गुनासो गरे । उनका अनुसार उपमहानगरभित्र ७१ वटा सामुदायिक विद्यालय छन् । 

उपमहानगर शिक्षा समिति सदस्य महम्मद सगीरले यहाँका सामुदायिक विद्यालयमा गणित, विज्ञान, अङ्ग्रेजीलगायत विषयका शिक्षक नहुँदा पनि समस्या भइरहेको बताए । उपप्रमुख रोशन प्रविणले विद्यालय सुधार्न सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । 

कारखाना समूहका मधेश प्रदेश संयोजक निरजकुमार मिश्रले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर बढाउनका लागि स्थानीय सरकारले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 
 

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  २ : ३६ बजे

जनअपेक्षाअनुसार ऊर्जा विकासमा अग्रसर हुन मन्त्री खड्काको आह्वान

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनअपेक्षा अनुरूप विद्युत् विकासलाई

स्थानीय तहको खाता खोल्न राष्ट्र बैंकको स्वीकृति नचाहिने

काठमाडौं– स्थानीय तहको बैंक खाता खोल्न नेपाल राष्ट्र बैंकको स्वीकृति

छोरी र नाति सम्झिँदै डिल्ली बजार जेलबाट दुर्गा प्रसाईंको बिलौना

काठमाडौं– राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले डिल्लीबजार कारागारबाट

कोशी प्रदेशसभा : निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत

विराटनगर– कोशी प्रदेशसभामा आइतबारको बैठकले ‘योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा

पानी अभाव भएपछि वीरगञ्जमा ‘हुकिङ’ मार्फत डीप बोरिङ

वीरगञ्ज– खानेपानीको अभाव कम गर्न पर्सामा बिजुलीको पोलबाट लाइन ‘हुकिङ’ गरेर