देशका लागि योगदान गर्ने व्यक्ति नै नेता हुन् : प्रधानमन्त्री | Khabarhub Khabarhub

देशका लागि योगदान गर्ने व्यक्ति नै नेता हुन् : प्रधानमन्त्री


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि योगदान गर्ने व्यक्तिहरु देशकै नेता भएको बताएका छन्  । 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आइतबार बालुवाटारमा आयोजना गरेको बीपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले बीपी कोइराला, पुष्पलाल, गणेशमान लगायत कुनै दल विशेषका नेता नभई देशकै नेता भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले योगदानलाई सम्मान गर्ने कुरामा दलका आधारमा बिभेद गर्न नहुने धारणा राखे  । प्रधानमन्त्री ओलीले प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको झन्डा बोक्दा आफ्नो निहित स्वार्थ नहेरी जोखिम मोलेर देशको हितमा लाग्ने अघिल्लो पुस्ताका नेता र स्थापित साहित्यिक व्यक्तित्व भएकाले बीपीको सम्मानमा सरकारले पुरस्कार स्थापना गरेको बताए ।

उनले राजनीतिक पार्टी गैरसरकारी संस्था नभएकाले एक व्यक्ति धेरै पार्टीमा नभई एउटै एउटै पाटीमा बसेर राजनीति गर्नुपर्ने बताए  । 

राजनीतिक परिवर्तनका लागि काँग्रेस र कम्युनिष्टले कठिन परिस्थितिको सामना गर्दै बलिदानको आन्दोलन सँगसँगै गरेको उनले बताए ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकलाई अघि बढाउनका लागि ठूला दुई दल मिलेर सरकार बनाउनुपरेको बताए । उनले कांग्रेस र एमाले सहकार्य र प्रतिस्पर्धा गर्नका लागि एकै ठाउँ आएको जिकिर गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले स्रष्टाहरू नयनसिंह कठायत, मीना सुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काईँला), भुवन ढुङ्गाना कोइरालालाई जनही एक लाख राशीसहित बीपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान गरेका थिए ।

 नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममार्फत उक्त पुरस्कारको व्यवस्था भई २०७८ मा कार्यविधि जारी भएपछि हरेक वर्ष पुरस्कार वितरण हुँदै आएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ४ : २५ बजे

गायिका जुनु गौतमको ‘यो माया’ गीत सार्वजनिक

काठमाडौं– गायिका जुनु गौतमले नयाँ कोसेली ‘यो माया’ प्रस्तुत गरेकी

चुनावको तयारीसहित घरदैलो गर्न नेताहरूलाई उपेन्द्र यादवको निर्देशन

काठमाडौं- जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको मुद्दा, नीति

प्रचण्ड-नेपाल भेटवार्ता, सहकार्य तथा एकताको सम्भावनाबारे छलफल  

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

शंकर पोखरेलको तर्क- सदस्यता नवीकरण रोकेर पूर्वराष्ट्रपतिलाई देशकै अभिभावकको भूमिकामा फर्कायौँ

काठमाडौं- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता

संविधान संशोधनका लागि सहमति आवश्यक छ : नेता सिटौला

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता