२० वर्षदेखि विदेशी मुद्राको अवैध सटही : पोखराबाट तीन जना पक्राउ « Khabarhub

२० वर्षदेखि विदेशी मुद्राको अवैध सटही : पोखराबाट तीन जना पक्राउ


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

कास्की- विदेशी विनिमय कारोबारमा अवैध संलग्न रहेको अभियोगमा तीन जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रूपन्देही सिद्धार्थनगर-१३ हाटबजारका ४५ वर्षीय महुमुद्दिन एम अहमद, पोखरा-६ बैदाम बस्ने झापा दमक-४ का ४५ वर्षीय राजकुमार बुढाथोकी र पोखरा-१९ पुरनचौरका ४३ वर्षीय खेमराज पौडेल छन् ।

पोखरा-१७ पार्दी बिरौटामा अवैध रूपमा विदेशी विनिमय कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । उनीहरूको साथबाट १९ हजार ६ सय अमेरिकी डलर, ३ हजार २ सय यूरो र ४३ लाख ७३ हजार ७ सय नेपाली रूपैयाँ बरामद भएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा महुमुद्दिनले रूपन्देही तथा कास्की जिल्लामा रेष्टुरेण्ट व्यवसाय सञ्चालन गरी नेपाली रूपैयाँसँग विदेशी मुद्राको अवैध सटही सम्बन्धी कारोबार गर्ने, राजकुमारले विगत २० वर्षदेखि सेन्टर प्वाइन्ट लेक साइडमा हिलारी मनी एक्सचेन्ज नामक कम्पनी सञ्चालन गरी विदेशी मुद्राको अवैध सटही सम्बन्धी कारोबार गर्ने र खेमराजले विगत १४ वर्षदेखि स्ट्रिट नम्बर १४ लेक साइडमा सगरमाथा मनी एक्सचेन्ज नामक कम्पनी सञ्चालन गरी विदेशी मुद्राको अवैध सटही सम्बन्धी कारोबार गर्ने गरेको खुल्न आएको छ ।

उनीहरू उपर नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ५ : ४४ बजे

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले