काठमाडौं- ताप्लेजुङ र कञ्चनपुरका छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका-११ फाबाखोलास्थित सडकमा मे.१ ज ३२९६ नम्बरको बोलेरो गाडी आइतबार बिहान दुर्घटना हुँदा गाडीमा सवार सोही नगरपालिका-११ बस्ने २८ वर्षीया भावाना विकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ कञ्चभोजस्थित सडकमा यूके ०३ ए १४६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-६ धामी टोल बस्ने ३० वर्षीय तारा थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको दोधारा चाँदनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारका लागि भारतको खटीतर्फ रिफर गरिएको बताइएको छ ।
प्रतिक्रिया