‘प्रकाश मानव अधिकार पुरस्कार’ यादवलाई प्रदान गरिने « Khabarhub

‘प्रकाश मानव अधिकार पुरस्कार’ यादवलाई प्रदान गरिने


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले यस वर्षको ‘प्रकाश मानव अधिकार पुरस्कार’ चुरे तथा वन–जङ्गल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवलाई प्रदान गर्ने निर्णय गरेको छ ।

इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार वातावरण अधिकारका क्षेत्रमा क्रियाशील यादवलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

पुरस्कारका लागि सार्वजनिक रूपमा आह्वान गरिएअनुसार प्राप्त ४० जनाको नाममध्येबाट यादवलाई छनोट गरिएको इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पुरस्कार छनोटका लागि इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा सूर्यप्रसाद ढुङ्गेल र अधिकारकर्मी गङ्गा कसजु सदस्य रहेको समिति गठन गरिएको थियो । सोही समितिले यादवलाई छनोट गरेको हो । 

बाराको सिम्रौनगढ नगरपालिका–२ मौवाही निवासी यादव सन् २०७४ सालदेखि चुरे संरक्षण र वातावरणीय अधिकारका विषयमा निरन्तर सक्रिय रहँदै आएका छन् । 

चुरे क्षेत्रको दोहनका कारण मधेश प्रदेशमा देखा परिरहेका जलवायु तथा वातावरणीय असरबारे सरकार र सरोकार भएकाहरूको ध्यानाकर्षण गराउन उनले विभिन्न सचेतनामूलक कार्यक्रम, अभियान र पैरवी गर्दै आएका छन् ।

यही साउन १६ गते काठमाडौंमा आयोजना हुने ३३औँ प्रकाश स्मृति दिवसका अवसरमा यादवलाई नगद ५० हजारसहित सम्मान पत्र र इन्सेकको प्रतीक चिह्न प्रदान गरिने जनाइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ७ : ३४ बजे

२ सय बढी कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको सेयर

समुद्रले निल्दै नाइजेरियाली बस्ती

आयटोरो (नाइजेरिया)- दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय

आगामी वर्षदेखि विद्युत वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिन्छौँ : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी वर्षदेखि विद्युत वितरण

साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा हुँदै

काठमाडौं- करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज

संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका