कम्बोडिया–थाइल्याण्ड द्वन्द्वमा मलेशियाले मध्यस्थता गर्ने, दुबै देशका नेता सोमबार क्वालालम्पुर जाँदै « Khabarhub

कम्बोडिया–थाइल्याण्ड द्वन्द्वमा मलेशियाले मध्यस्थता गर्ने, दुबै देशका नेता सोमबार क्वालालम्पुर जाँदै


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– द्विपक्षीय द्वन्द्व समाधानमा मलेशियाको मध्यस्थता स्वीकार गर्न कम्बोडिया र थाइल्याण्ड तयार भएका छन् । मलेशियाको विदेश मन्त्रालयले आइतबार यसबारे जानकारी दिएको हो ।

वार्ताका लागि कम्बोडियाका प्रधानमन्त्री हुन मनेट र थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले सोमबार बिहान मलेशियाको राजधानी क्वालालम्पुर भ्रमण गर्ने अपेक्षा गरिएको छ । मलेशियाको विदेशमन्त्री मोहमद हसनले राज्यसञ्चालित समाचार संस्था बेर्नामालाई बताएअनुसार दुबै मुलुक मलेशियाली मध्यस्थता स्वीकार गर्न तयार भएका हुन् ।

यस द्वन्द्व समाधानका लागि अर्को कुनै पनि देशलाई संलग्न गराउन नहुनेमा दुबै मुलुक एकमत रहेको उनको भनाइ छ ।

समाचार संस्था रोयटर्सका अनुसार यसअघि गत शुक्रबार मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले दुबै मुलुकसमक्ष मध्यस्थताको प्रस्ताव गरेका थिए ।

हाल मलेशियाले दक्षिणपूर्वी एशियाली मुलुकहरुको संगठन आशियानको अध्यक्षता गरिरहेको छ ।

शनिबारमात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुबै मुलुकका नेताहरु युद्धविरामका लागि सहमत भएको दाबी गरेका थिए ।

गत बिहीबारदेखि थाइल्याण्ड र कम्बोडियाबीच सैन्य झडप जारी छ । द्वन्द्वका क्रममा हालसम्म दुबै मुलुकमा गरी ३० जनाभन्दा धेरैको ज्यान गइसकेको छ भने २ लाखभन्दा धेरै घाइते भएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ६ : ३६ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै