गण्डकी प्रदेशका पूर्वप्रमुख गुरूङको अन्त्येष्टि « Khabarhub

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरूङको अन्त्येष्टि


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

भरतपुर– गण्डकी प्रदेशका पूर्वप्रमुख एवं नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरूङको देवघाटमा गुरूङ संस्कारअनुसार अन्त्येष्टि गरिएको छ । 

शनिबार निधन भएका गुरूङलाई गुरूङ समुदायको परम्परा एवं संस्कृतिअनुसार धर्मगुरूहरुबाट अन्तिम संस्कारको लागि कर्म गरिसकेपछि सशस्त्र प्रहरीद्वारा सलामी अर्पण गरेर श्रद्धाञ्जली दिइएको थियो । 

त्यसअघि उनको निवास भरतपुर–२६ दिव्यनगरमा नेपाली कांग्रेसले पार्टीका तर्फबाट श्रद्धाञ्जली अर्पण गरेको थियो । गुरूङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरूङ चितवन आएका थिए । गुरुङको निधनले कांग्रेसलाई मात्र नभई देशलाई क्षति पुगेको बताए ।

पार्टी कार्यालय कमलनगरमा गुरुङप्रति श्रद्धाञ्जली अर्पण गरिएपछि उनको देवघाटमा अन्त्येष्टि गरिएको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए  । 

लामो समयदेखि क्यान्सर रोगसँग सङ्घर्षरत गुरूङको चितवनको भरतपुर महानगरपालिका–२६, दिव्यनगरस्थित आफ्नै निवासमा शनिबार ७६ वर्षको उमेरमा निधन भएको हो । 

कास्कीको ल्वाङघलेलमा २००६ सालमा जन्मिएका गुरूङले चितवनलाई आफ्नो राजनीतिक कर्मभूमि बनाएका थिए । 

राजनीतिक जीवनको उत्तरार्धमा गुरुङले २०७८ साउनदेखि २०७९ फागुनसम्म गण्डकी प्रदेशको प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका थिए  । 

प्रदेश प्रमुखको भूमिकामा रहँदा उनले आफ्नो निष्पक्ष र सन्तुलित छविलाई कायम राखेका थिए  । यसैबीच गुरूङको निधन भएको दुःखद घडीमा नेपाली कांग्रेस चितवनले तीन दिन पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ । 

आइतबार बिहान बैठक बसेर पार्टीको जिल्ला समिति तथा ९८ वटै वडा कार्यालय तीन दिन बन्द गर्ने र सात दिनसम्म पार्टीको सबै कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरिएको कांग्रेस चितवनका सभापति खनालले जानकारी दिए । रासस

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ७ : ३७ बजे

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ

सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

कर्णाली– कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय

के सबै पुरुष ‘बलात्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा