गण्डकी प्रदेशका पूर्वप्रमुख गुरूङको अन्त्येष्टि « Khabarhub

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरूङको अन्त्येष्टि


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

भरतपुर– गण्डकी प्रदेशका पूर्वप्रमुख एवं नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरूङको देवघाटमा गुरूङ संस्कारअनुसार अन्त्येष्टि गरिएको छ । 

शनिबार निधन भएका गुरूङलाई गुरूङ समुदायको परम्परा एवं संस्कृतिअनुसार धर्मगुरूहरुबाट अन्तिम संस्कारको लागि कर्म गरिसकेपछि सशस्त्र प्रहरीद्वारा सलामी अर्पण गरेर श्रद्धाञ्जली दिइएको थियो । 

त्यसअघि उनको निवास भरतपुर–२६ दिव्यनगरमा नेपाली कांग्रेसले पार्टीका तर्फबाट श्रद्धाञ्जली अर्पण गरेको थियो । गुरूङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरूङ चितवन आएका थिए । गुरुङको निधनले कांग्रेसलाई मात्र नभई देशलाई क्षति पुगेको बताए ।

पार्टी कार्यालय कमलनगरमा गुरुङप्रति श्रद्धाञ्जली अर्पण गरिएपछि उनको देवघाटमा अन्त्येष्टि गरिएको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए  । 

लामो समयदेखि क्यान्सर रोगसँग सङ्घर्षरत गुरूङको चितवनको भरतपुर महानगरपालिका–२६, दिव्यनगरस्थित आफ्नै निवासमा शनिबार ७६ वर्षको उमेरमा निधन भएको हो । 

कास्कीको ल्वाङघलेलमा २००६ सालमा जन्मिएका गुरूङले चितवनलाई आफ्नो राजनीतिक कर्मभूमि बनाएका थिए । 

राजनीतिक जीवनको उत्तरार्धमा गुरुङले २०७८ साउनदेखि २०७९ फागुनसम्म गण्डकी प्रदेशको प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका थिए  । 

प्रदेश प्रमुखको भूमिकामा रहँदा उनले आफ्नो निष्पक्ष र सन्तुलित छविलाई कायम राखेका थिए  । यसैबीच गुरूङको निधन भएको दुःखद घडीमा नेपाली कांग्रेस चितवनले तीन दिन पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ । 

आइतबार बिहान बैठक बसेर पार्टीको जिल्ला समिति तथा ९८ वटै वडा कार्यालय तीन दिन बन्द गर्ने र सात दिनसम्म पार्टीको सबै कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरिएको कांग्रेस चितवनका सभापति खनालले जानकारी दिए । रासस

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ७ : ३७ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र