गोसाइँकुण्डमा पौडि खेल्ने क्रममा दुई जना बेपत्ता « Khabarhub

गोसाइँकुण्डमा पौडि खेल्ने क्रममा दुई जना बेपत्ता


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

रसुवा – गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन् । आइतबार दिउँसो पौडी खेल्ने क्रममा मोरङ घर भई गोसाइँकुण्ड दर्शनका लागि आएका मनोज न्यौपाने र सुजन ढकाल बेपत्ता भएका हुन् ।

गोसाइँकुण्ड गाउँपालिका–५ स्थित गोसाइँकुण्डमा बेपत्ता भएका दुई युवकको खोजी कार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालित भएको छ।

घटनापछि सशस्त्र प्रहरी बल, नेपाल नं. २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक (सप्रनि) मोहविर नगालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी तथा सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा खोजी कार्य तीव्र गतिमा अघि बढाइएको छ। डुबेका युवाहरुको खोजी कार्यका लागि तालिम प्राप्त गोताखोर समेत प्रयोग गरिएको जनाइएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ८ : ५९ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र