दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना « Khabarhub

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना


११ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्। नारीको विशेष पर्व हरितालिका तीज सकिएसँगै अब बजारमा दशैँको चहलपल सुरु हुन्छ। दशैँ सुरु हुन एक महिना पनि बाँकी छैन। दशैँ आउन अब मात्र २६ दिन बाँकी छ।

यो वर्ष असोज महिनामै नेपालीको महान् पर्व बडादशैँ रहेको छ। असोज ६ गते घटस्थापनाबाट दशैँ सुरु हुन्छ।

सामान्यतया हिन्दुले सोह्रश्राद्धसँगै दशैँ सुरु भएको मान्दछन्। अबको १२ दिनमा सोह्रश्राद्ध सुरु हुन्छ। भदौ २३ गतेदेखि सोह्रश्राद्ध आरम्भ हुन्छ। हिन्दु संस्कार अनुसार सुरुमा पितृको सम्झना गरिसकेपछि दशैँ सुरु हुन्छ।

अबको ३३ दिनमा फूलपाती रहेको छ। दशैंको टीका अगाडिको प्रमुख दिनका रुपममा मानिने फूलपाती असोज १३ गते रहेको छ।

अबको ३४ दिनमा महाअष्टमी छ। असोज १४ गते महाअष्टमी सकिने छ भने असोज १५ गते महानवमी छ। आजको ठिक ३६ दिनपछि विजया दशमीको टीका छ।

असोज १६ गते दशैँको टीका लगाएसँगै कतिपय ठाउँमा दशैँ सकिन्छ। कतिपय ठाउँमा भने जोगाग्रत पूर्णिमा अर्थात् असोज २० गतेसम्म नै दशैँ मान्ने चलन छ। सरकारी बिदा भने असोज १३ गते फूलपातीदेखि असोज १८ गते द्वादशीसम्म गरेर ६ दिन रहेको छ।

दशैँको चहलपहल भएसँगै सहरबाट गाउँ पुग्नेको संख्या बढ्छ। केही साता अगाडि नै गाउँगाउँ पुग्ने गाडीका लागि टिकट खुल्छ। दशैँले सहरको मात्र होइन गाउँको चहलपहलसमेत बढाउने गर्दछ।

पढाइ र रोजगारीका लागि सहर पसेका परिवारका सदस्यले दशैँ जस्ता चाडपर्वमा गाउँगाउँमा खुशी लिएर फर्किने छन्।

प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार  ७ : ११ बजे

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

एजेन्सी– प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।