दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना « Khabarhub

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्। नारीको विशेष पर्व हरितालिका तीज सकिएसँगै अब बजारमा दशैँको चहलपल सुरु हुन्छ। दशैँ सुरु हुन एक महिना पनि बाँकी छैन। दशैँ आउन अब मात्र २६ दिन बाँकी छ।

यो वर्ष असोज महिनामै नेपालीको महान् पर्व बडादशैँ रहेको छ। असोज ६ गते घटस्थापनाबाट दशैँ सुरु हुन्छ।

सामान्यतया हिन्दुले सोह्रश्राद्धसँगै दशैँ सुरु भएको मान्दछन्। अबको १२ दिनमा सोह्रश्राद्ध सुरु हुन्छ। भदौ २३ गतेदेखि सोह्रश्राद्ध आरम्भ हुन्छ। हिन्दु संस्कार अनुसार सुरुमा पितृको सम्झना गरिसकेपछि दशैँ सुरु हुन्छ।

अबको ३३ दिनमा फूलपाती रहेको छ। दशैंको टीका अगाडिको प्रमुख दिनका रुपममा मानिने फूलपाती असोज १३ गते रहेको छ।

अबको ३४ दिनमा महाअष्टमी छ। असोज १४ गते महाअष्टमी सकिने छ भने असोज १५ गते महानवमी छ। आजको ठिक ३६ दिनपछि विजया दशमीको टीका छ।

असोज १६ गते दशैँको टीका लगाएसँगै कतिपय ठाउँमा दशैँ सकिन्छ। कतिपय ठाउँमा भने जोगाग्रत पूर्णिमा अर्थात् असोज २० गतेसम्म नै दशैँ मान्ने चलन छ। सरकारी बिदा भने असोज १३ गते फूलपातीदेखि असोज १८ गते द्वादशीसम्म गरेर ६ दिन रहेको छ।

दशैँको चहलपहल भएसँगै सहरबाट गाउँ पुग्नेको संख्या बढ्छ। केही साता अगाडि नै गाउँगाउँ पुग्ने गाडीका लागि टिकट खुल्छ। दशैँले सहरको मात्र होइन गाउँको चहलपहलसमेत बढाउने गर्दछ।

पढाइ र रोजगारीका लागि सहर पसेका परिवारका सदस्यले दशैँ जस्ता चाडपर्वमा गाउँगाउँमा खुशी लिएर फर्किने छन्।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ७ : ११ बजे

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी