प्रधानमन्त्रीको भारत भ्रमणमा जिपी अस्पताल निर्माणको सम्झौता हुने « Khabarhub

प्रधानमन्त्रीको भारत भ्रमणमा जिपी अस्पताल निर्माणको सम्झौता हुने


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

तनहुँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री ओलीको भारत भ्रमणमा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको तीन सय बेड क्षमताको अस्पताल भवन निर्माणका लागि सम्झौता हुने बताएका छन्।

तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मंगलबारदेखि सुरु भएको ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड’ प्रणालीको शुभारम्भ गर्दै मन्त्री पौडेलले अस्पताललाई तीन सय शय्या क्षमतामा विस्तार गरिने र त्यसका लागि भारत सरकारसँग सम्झौता हुने बताएका हुन्।

अस्पतालको स्तरोन्नतिका लागि यसअघि नै भारत सरकारले सहमति जनाइसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा यस सम्बन्धमा सम्झौता भएर निर्माणको प्रक्रिया सुरु हुने मन्त्री पौडेलले बताए।

मन्त्री पौडेलले भने, “अस्पतालको डिपिआर अनुसार ६०० करोडको लागत स्वीकृत भएर भारतको स्वास्थ्य मन्त्रालयमा गइसकेको छ। हामीले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका छौँ।” उनले अस्पताल स्तरोन्नतिको प्रक्रिया लाग्ने भएकाले त्यस अवधिसम्म जनरल हस्पिटल राम्रोसँग चलाउनुपर्ने बताए।

अस्पतालको स्तरोन्नति गरी देशकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाउने लक्ष्य राखिएको छ।

पौडेलले जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई जनताको आकर्षणको केन्द्र बनाउन सकिने र यसका लागि तीन तहकै सरकारको यसमा सहयोग आवश्यक रहेको उल्लेख गरे।

पौडेलले अस्पतालमा एमडिजिपी डाक्टर पढाउने व्यवस्था गरिने बताउँदै त्यसका लागि कम्तीमा ७०० बिरामी अस्पताल आउने अवस्था हुनुपर्ने बताए।

दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाका नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो। सोही अनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रका नाममा प्रदान गरिसकेको छ।

अस्पतालमा तनहुँको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन्।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ६ : ११ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका